
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कोरोना महामारीको बेला ओली सरकारले आफ्नो पार्टीप्रति अमानवीय दमनको बाटो लिएको भन्दैं आप्नो पार्टीपंक्तिलाई पूर्ण प्रतिरोध मानसिकता बोक्न निर्देशन दिएका छन् ।
यही वैशाख २३ गते चितवनबाट आफ्नो पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा विरही विरामी अवस्थामा गिरफ्तार भएपछि महासचिव विप्लवले एक विज्ञेप्ती जारी गरेर यस्तो कडा निर्देशन दिएका हुन् ।
आज जारी गरिएको विज्ञेप्तीमा महासचिव विप्लवले आफ्नो पार्टीले कोरोना बीचमा फौजी कार्वाही रोकेकोले त्यही कमजोरीको फाइदा उठाएर ओलीले दमनको बाटो बाटो अपनाएको भन्दैं अब आफ्नो पार्टीले पनि प्रतिरोधको तयारी गर्ने चेतावनी दिएका छन् ।
महासचिव विप्लवले विज्ञेप्तीमा भनेका छन्, ‘सबै केपी सरकारको अमानवीय दमनको व्यापक भण्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन गर्दछ ।’
महासचिव विप्लवले सरकारले आफ्नो पार्टीविरुद्ध गरेको धरपकड र गिरफ्तारीविरुद्ध आवाज उठाउन नागरिक समाजव, मानवअधिकारकर्मी र राजनीतिक दलहरुप्रति विशेष आग्रह गरेका छन् ।
विज्ञेप्तीको पूरा पाठ –








