
नेकपा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक भविष्यका लागि महत्वपूर्ण कदम चाल्नु पर्ने बेला आएको छ ।
नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग जति समय बस्छन, त्यति प्रचण्डको राजनीतिक भविष्यको आयु कम हुँदै जाने पछिल्ला घटनाक्रमले देखाएका छन् ।
तसर्थ बेलैमा होस पुर्याएर पूर्वमाओवादीका सबै नेता र जतिसक्यो एमालेका नेता चोरेर नयाँ पार्टी बनाउने रणनीति अख्तियार गर्नु नै उनका लागि उत्तम बन्न सक्ने राजनीतिक विश्लेषकहरुले विश्लेषण गर्न थालिसकेका छन् ।
उनको अहिलेको मुख्य कार्यदिशा भनेकै नयाँ पार्टी निर्माण गरेर अहिलेको प्रमुख प्रतिपक्षी कांग्रेससँग मिलेर सरकार बनाउन आवश्यक पर्ने संख्या जुटाइ ओलीलाई प्रधानमन्त्रीबाट पदच्यूत गर्ने हुनुपर्ने धेरैका विश्लेषण रहेका छन् ।
यो विषयमा जतिसक्यो चाडो प्रचण्डले निर्णय लिन सक्छन्, त्यतिनै उनको चर्चा परिचर्चा र चातुर्यता राजनीतिमा देखिनेछ । अन्यथा उनी झन पछि झन कमजोर बन्दै जानेछन् ।
प्रचण्ड जति समय ओलीसँग सँगै नेकपामा बस्छन्, त्यती नै ओली र पूर्वएमाले बलियो हुन्छ ।
त्यसको ठिक विपरित पत्तासाफ हुँदै जान्छन् । जतीसक्यो जाडो पार्टी विभाजन गरेर त्यो पार्टीलाई मिलाएर अगाडी बढे भने मात्रै प्रचण्ड प्रचण्ड रहन्छन् । नत्रभने प्रचण्डको खैरियत छैन् ।
यतीसम्म कि ओलीले प्रचण्डलाई कमजोर बनाउन उनका विश्वासपात्रलाई आफूतिर तानीसकेका छन् । पछिल्लो नेकपाको विवादमा पूर्वमाओवादीका मन्त्री रहेका नेताहरुले प्रचण्डलाई साथ नदिएर ओलीलाई साथ दिए ।
यसले ओलीले पूर्वमाओवादीका नेताहरुलाई समेत चोरेर आफू बलियो बन्ने रणनीति अख्तियार गरेको सोझो अर्थमा देखिन्छ ।
अहिलेको एक व्यक्ति एक पदको विवादमा पूर्वमाओवादी नेता अहिलेका गृहमन्त्री रामबहादुर थापा, स्थायी समिति सदस्य पूर्वमाओवादी नेता जनार्दन शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, वन मन्त्री शक्ति बस्नेत, कृषि मन्त्रीबाट पदच्यूत गरिएका स्थायी समिति सदस्य चक्रपाणि खनानलगायतले प्रचण्डलाई साथ दिएनन् । प्रचण्डले ओलीको अगाडी केही गर्न सक्ने रहेनछ्न भन्ने देखेर नेताहरु उनी पट्टी नै लागिसके ।
प्रचण्ड जती समय नेकपामा बस्छन्, ओलीको अगाडी नतमस्तक भएर बस्ने बाहेक अर्को विकल्प प्रचण्डसँग देखिएन । जती गरेपनि एमाले एमाले भइहाल्छन्, माओवादीका संगठक नेताहरु ओलीले तानिसके । तसर्थ प्रचण्डको एक मात्र विकल्प जतिसक्यो नेताहरु तानेर नयाँ पार्टी बनाउनु हो ।
वर्णन मिडियाले गरेको विश्लेषण ।







