सत्ताधारी नेकपा स्थायी कमिटीका सदस्य हरिबोल गजुरेलले पार्टी एकतापछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी पक्षलाई द्वन्द्वकालिन मुद्वा उठाएर फसाउन खोजिरहेको आरोप लगाएका छन्।

उनले पार्टीका बैठक र छलफललाई इन्कार गर्दै पूर्वमाओवादी पक्षलाई द्वन्द्वकालिन मुद्वामा फसाउने खेल प्रधानमन्त्रीले खेलिरहेको दावी समेत गरेका छन् ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता गजुरेलले पार्टी एकिकरणको काम पुरा नहुँदै अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टी अनुशासन समेत भताभुङ्ग बनाएको आरोप लगाएका छन् । अरुले पार्टीका बैठक नियमित हुनुपर्छ र पार्टी तथा सरकारका कमिकमजोरीका विषयमा छलफल गर्दा अनुशासनहिन काम गरेको भन्ने प्रधानमन्त्रीले आफैले आफ्नो पक्षका सांसदलाई बालुवाटारमै बोलाएर हस्ताक्षर गर्न लगाउनु अनुशासित काम नभएको गजुरेलको तर्क छ ।

नेता गजुरेलले स्थायी कमिटीको बैठक नराखी सचिवालयका नेताहरुले सुख नपाउने भन्दै स्थायी कमिटीमा छलफल नभई संसद चल्न गाह्रो हुने बताएका छन् ।

गजुरेलले पार्टीमा आफ्नो आलोचना भयो भन्दैमा ओलीले भाग्न नमिल्ने भन्दै सचिवालय बैठकमा अध्यादेश किन र कोरोना विरुद्धको काम कसरी प्रभावकारी बनाउने विषयमा मात्रै प्रमको जवाफ मागेको भनाई राखेका छन् ।

उनले एक पद र एक व्यत्तिको कुरा अहिले नउठेको र यो पहिले देखिनै उठेकाले विधानमा समेत व्यवस्था रहेको बताउँदै पार्टीले सरकारलाई सहयोग गर्नुपर्ने र पार्टीको निर्देशन अनुसार सरकारले काम गर्नुपर्ने दावी गरे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार