नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विदेश विभागले भारतले लिपुलेक जोड्ने बाटो बनाएको बारे कोरोनाको महामारी नकुरी भिडियो वार्ता अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।

“नेपाली भू–भागसमेत आफ्नै मुलुकको सीमाभित्र राखी भारतले गत नोभेम्बर ४, २०१९ मा राजनीतिक नक्सा प्रकाशन गरेपछि नेपालले त्यसको प्रतिवाद गर्नुका साथै उक्त विषयमा कुरा गर्न विदेश सचिवस्तरीय बैठकका लागि ताकेता गरिरहेकामा त्यसलाई बेवास्ता गर्दै र विश्व नै कोभिड–१९ महामारीका विरूद्धमा लडिरहेका बेला भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जाने बाटो निर्माण गरी उद्घाटन गर्नु अत्यन्त दुःखद् र आपत्तिजनक छ,” विदेश विभाग प्रमुख माधवकुमार नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

भारतको यस कदमले दुई देशका बीचमा यसअघि भएका सम्झौता र सहमतिहरूको गम्भीर उलङ्घन भएको, नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि प्रहार भएको विदेश विभागको निष्कर्ष छ ।

नेकपाले नेपाली भूमिभित्र कुनै पनि संरचना निर्माण नगर्न चेतावनी पनि दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार