
यतिखेर नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ । तर घटनाक्रमहरुले ओलीजीलाई साथ दिएको हुनाले वारपारको स्थिती टर्दै आउने गरेको छ । यथास्थितिको अवस्था लम्विएको छ ।
ओलीजीको अपरेसनभन्दा अगाडिको संकटलाई मिर्गौला अपरेसनको संवेदनशील घटनाले बचायो । वैसाख ८ गतेको अध्यादेश प्रकरणबाट उत्पन्न समस्या २० गते उत्कर्षमा पुगेको थियो । २० जना स्थायी कमिटी सदस्यले संयुक्त हस्ताक्षर गरेका आधारमा आयोजित बैठक बस्ने कि नबस्ने भन्ने बहसले पनि चर्कै रुप लिएको थियो । संसदमा सरकारको नीति,कार्यक्रम र बजेट सम्वन्धी विषय प्रस्तुत गर्नुपर्ने आवश्यकताले अहिलेलाई त्यो खड्गो पनि टरेको छ । यत्तिकैमा यो विवाद साम्य भैहाल्ला त ?सबैलाई मान्य हुने ‘विन विन सिचुएसन्’ फेला परिसकेको हो त ?त्यस्तो देखिँदैन । केवल युद्ध विराम मात्र भएको हो भन्ने अनुमान नै सहि हो भन्ने देखिन्छ ।
काक्ताली पर्दै रोकिँदै गरेको यो युद्ध विराम स्थायी विराममा बदलिन्छ वा एक बिन्दुमा गएर त्यो वारपार हुन्छ होला ? आफु अल्पमतमा पर्दा पनि के पी अोलीले आफुले चाहेको विषयमा एकलौटी निर्णय गरेरै अघि बढिरहेका छन् । बहुमत पक्ष प्रायः जिल्लाराम पर्ने गरेको देखिन्छ । यसको खास कारण के हो त ?ओलीजीले बहुमतका नेताहरुको र पार्टी कार्यकर्ताको ठुलो तब्काको मनो विज्ञान राम्रो सँग बुझेका छन् । त्यो मनो विज्ञान हो –कुनै पनि हालतमा पार्टी फुट्नु हुँदैन । पार्टी फुटेपछि त सबै बरवाद भै हाल्छ नि । जे सुकै गरेर पनि पार्टी एउटै भैरहनु पर्छ ।
ओलीजीले बहुमतका नेताहरुको र पार्टी कार्यकर्ताको ठुलो तब्काको मनो विज्ञान राम्रो सँग बुझेका छन् । त्यो मनो विज्ञान हो – कुनै पनि हालतमा पार्टी फुट्नु हुँदैन । पार्टी फुटेपछि त सबै बरवाद भै हाल्छ नि । जे सुकै गरेर पनि पार्टी एउटै भैरहनु पर्छ ।
यो मनोविज्ञानको राम्रो ज्ञान भएका ओलीजीले विराधीहरुलाई बसमा राखि हाल्छन् । जब अन्तरसंघर्ष उत्कर्षमा पुग्दछ ‘पार्टी फुट्ने’चर्चाको व्यापक प्रचार प्रसार भै हाल्दछ । त्यसबाट बहुमत पक्ष भयभीत हुन्छ । बेचैन हुन्छ । पछि हट्छ । अनि नयाँ संझौता र सहमतिका बुँदाहरुको खोजी गर्न थाल्दछ । ‘पार्टी फुटाइ दिन्छु’र ‘पार्टी फुट्छ’भन्ने दवाबले एउटा अचुक हतियारको काम गरिरहेको देखिन्छ । यसरी विरोधीहरुको भय दोहन गर्ने कला सबै सँग कहाँ हुन्छ र ?
यतिखेर नेपालको राजनीतिमा सरकारी नेकपा फुट्छ कि फुट्दैन ? भन्ने प्रश्न निकै व्यापकरुपमा उठ्ने गरेको छ । यो पंक्तीकारको भनाई के छ भने नेकपा फुट्दैन । त्यहाँ भित्र अरु सबै कुरा हुन्छ,तर पार्टी फुट्दैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एउटा लोगो हो । यसको अरु चिज जहाँ,जस्तो,जे भए पनि लोगो कायमै रहन्छ ।
रातोपाटी अनलाइनसँगको कुराकानीको छोटो अंश ।







