
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा झुठो बोलेकी छिन् ।
सोमबार बसेको समितिको बैठकमा मन्त्री अर्यालले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताको क्रममा बोलेको कुरालाई लिएर नेकपाका सांसद भीम रावलले आपत्ति जनाएपछि र रावलको प्रश्नको जवाफ दिने क्रममा मन्त्री अर्यालले झुठो बोलेको कुरा पुष्टि भएको छ ।
मन्त्री अर्याललाई हिजो (आइतबार) को बैठकमा नै बोलाईएको थियो । तर, विशेष कारणवश उनी हिजोको बैठकमा उपस्थित् भएकी थिईन् । आज (सोमबार) को बैठकमा उपस्थित भएकी मन्त्री अर्याललाई सभापति पवित्रा निरौलाले बोल्नको लागि समय दिएपछि नेता रावलले सुरुमै मन्त्री अर्याल बोल्नुअघि आफ्नो जिज्ञासा रहेको भन्दै पत्रकार धमलासँगको अन्तर्वार्तामा बोलेको कुरालाई लिएर प्रष्ट पार्न आग्रह गरेका थिए ।
रावलले भनेका थिए,‘उहाँले बोल्नु अघि सानो जिज्ञासा छ, सभापति ज्यू । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीज्यूले हिजो इतिहासमा लिम्पियाधुरा नेपालको नक्सामा छैन भन्नु भएको छ । उहाँले सार्वजनिक रुपमा भन्नु भएको छ । उहाँले किन भन्नु भएको हो । यो पनि बोल्दा स्पष्ट गरिदिनु होला । मैले यो समितिमा पहिले पनि बोल्दा स्पष्ट भनेको थिएँ । म विद्यालयमा पढ्दा नेपालको लिम्पियाधुराको नक्सा स्वयं विद्यालयमा देखेको छु । त्यसैले उक्त नक्सा नेपालको इतिहासमा कहिले पनि थिएन भन्ने त्यो कुरा गलत हो ।’
रावलको प्रश्नको जवाफ दिने क्रममा मन्त्री अर्यालले सुरुवातमै झुठो बोलिन् । अर्यालले अन्तर्वार्ताबारे स्पष्ट पार्दै भनेकी थिईन,‘हिजोको अन्तरर्वाता ऋषि धमलाको जनता जान्छ चाहन्छ । बिहान ७ बजे मलाई सूचना पनि थिएन । एउटा ल्यान्ड लाइनबाट फोन आयो । त्यस बेला मेरो मोबाइल मेरो हातमै थियो । उठाएँ । तपाईंसँग ऋषि दाई जोडिन चाहनु हुन्छ भन्नु भयो । मैले अन्तरर्वाता भन्ने बुझिन । केही बोल्न खोज्नु भएको होला भन्ने लाग्यो । दिनु न भने । र, एकै पटक मन्त्री ज्यू जनता जान्न चाहन्छ तपाईलाई यो प्रश्न भने । भएको त्यही हो । अहिले पनि तपाईंले भर्खरै खोल्नु भयो भने पनि लिंक खोल्न सक्नु हुन्छ । पहिले बाहिर जस्तो प्रचार भएको छ, त्यस्तो अभिव्यक्ति मेरो कहिनेर छैन ।’ जवाफ दिने क्रममा मन्त्री अर्यालले जनता जान्न चाहन्छन् कार्यक्रम भनेर भनेकी छिन् । जबकी यो अन्तर्वार्तामा पत्रकार धमलाले नेपाली बहसमा यहाँलाई स्वागत छ भनेर सुरुमै भनेका छन् । उनले सुरुमै झुठो बोलेकी छिन् ।
रावलले मन्त्री अर्याललाई ईतिहासमा लिम्पियाधुरा नेपालको नक्शामा थिएन भनेर किन बोल्नुभयो ? भनेर सोधेका छन् । मन्त्री अर्यालले पत्रकार धमलासँगको कुराकानीमा ‘लिम्पियाधुरा नेपालको नक्शामा छैन र यो ईतिहासदेखि नै नभएको ‘दाबी गरेकी छिन् । जुन यहाँहरुलाई अडिओमा पनि सुन्न सक्नुहुन्छ ।







