राष्टिय जागरण मंच नेपालले हालै नेपालको भूमि लिपुलेकमा भारतले एकतर्फी सडक बनाएर अतिक्रमण गरेकामा तीव्र आक्रोश व्यक्त गर्दै सो कार्य रोक्न चेतावनी दिएको छ ।

एक प्रेस विज्ञेप्ती जारी गरेर मंच नेपालका संयोजक गुणराज लोहनीले सरकारले कुनै पहल नगरे नेपाली जनता ज्वारभाटा भएर आन्दोलनमा उर्लिने चेतावनी दिएका हुन् ।

‘हाम्रो अतिक्रमित सबै भूमि फिर्ता गरिएन भने, सरकारले कुनै पहल गरेन भने नेपाली जनता ज्वारभाटा भएर उर्लिनेछन् ।’ संयोजक लोहनीले भनेका छन्, ‘उक्त ज्वारभाटाको पङ्क्तिमा मञ्च पनि सामेल हुनेछ । देशभक्त शक्तिको ज्वारभाटाले भारतीय अतिक्रमणबाट मातृभूमिलाई मुक्त गर्नेछ ।’

विज्ञप्तिको अन्त्यमा लोहनीले चेतावनी दिँदै भनेका छन-

‘स्मरण रहोस्, भारतीय अतिक्रमणका विरुद्ध मञ्चका तर्फबाट २०७६ मङ्सिर २६ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो तर सरकारले कुनै सरोकार राखेको छैन । अहिले नेपाली जनता भारतीय अतिक्रमणकारी नीतिका विरुद्ध एक भएर सडकमा उत्रिरहेका छन् । हाम्रो अतिक्रमित सबै भूमि फिर्ता गरिएन भने, सरकारले कुनै पहल गरेन भने नेपाली जनता ज्वारभाटा भएर उर्लिनेछन् । एकपटक विरासतका रूपमा रहेको वीर नेपालीको पहिचान साबित गर्न पछि पर्ने छैनन् । उक्त ज्वारभाटाको पङ्क्तिमा मञ्च पनि सामेल हुनेछ । देशभक्त शक्तिको ज्वारभाटाले भारतीय अतिक्रमणबाट मातृभूमिलाई मुक्त गर्नेछ ।’

विज्ञप्तिको पूर्णपाठ….

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार