
लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरेर गरेको अतिक्रमणलाई लिएर जर्मनीमा रहेका विभिन्न नेपाली संगठनहरुले विरोध जनाएका छन् ।
त्यसमा गैरआवासीय नेपाली सङ्घ, प्रवासी नेपाली एकता मञ्च, नेपाली जनसम्पर्क समिति र नेपाली जनप्रगतिशील मोर्चासहित ४ नेपाली सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली भूमिमाथि भारतीय हस्तक्षेप बन्द गर्न चेतावनी दिएका छन् ।
उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले भनेका छन्-
‘८ मई २०२० मा भारतद्वारा नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलास मानसरोवर यात्राका लागि ८० किमि पक्की धार्चुला–लिपुलेक लिङ्क रोड ९नयाँ सडक० निर्माण तथा उद्घाटनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसअघि पनि सार्वभौम नेपालको भूभाग (लिम्पियाधुरा, लिपुलेक र कालापानी) लाई भारतीय सिमानाभित्र गाभेर भारत सरकारद्वारा १ नोभेम्बर २०१९ मा जारी गरिएको भारतीय राजनीतिक नक्साले नेपाली सार्वभौमिकतामाथि नाङ्गो प्रहार गरेको सर्वविदितै छ ।’
संयुक्त विज्ञप्तिमा भनिएको छ-
‘नेपाली सिमानामा नङ्ग्रा गाड्ने भारतीय गिद्दे चरित्रको कडा प्रतिवाद र प्रतिरोध गरी नेपाल सरकारले यो मुद्दा तत्काल अन्तर्राष्ट्रियकरण गर्दै हरतरहले भारतीय विस्तारवादी चरित्रको भन्डाफोर गर्न आवश्यक छ । यस सङ्गीन घडीमा सबै नेपाली एकताबद्ध भएर राष्ट्रियताको रक्षार्थ अग्रमोर्चामा खडा हुनु प्रमुख आवश्यकता भएकाले त्यसका निम्ति एकजुट भएर अघि बढ्न हामी विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक अपिल गर्दछौँ ।’
विज्ञप्तिको पूर्णपाठ….








