लिपुलेक, लिम्पियाधुराको बारेमा बताउनुस् ?
जुन भूमि भारतबाट अतिक्रमित भएको छ त्यो दार्चुलाकै भूमि हो । त्यसकारण पनि यहाँका जनता उद्देलित नहुने कुरै छैन । यो घटनाले दार्चुलाका जनताहरु किन पीडित र सम्वेदनशील छन् । छिटोभन्दा छिटो यो जीमन फिर्ता हुनुपर्छ भनेर जनताहरु आन्दोलित छन् ।
भूमि त फिर्ता हुनुपर्छ तर कसरी गर्ने ?
कुटनीतिक तवरबाट नेपाल र भारत सरकारले उच्चस्तरीय वार्ता गरेर यो विवाद समाधान गर्नुपर्छ ।

तपाईं दार्चुलाको जनताले जिताएको सांसद हो ?
हो । मलाई दार्चुलाका जनताले सांसद बनाएका हुन् ।
लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा भारतले सडक खन्दा सुतेर बस्नुभएको थियो ?
त्यो ठाउँ त भारतीय सैनिक नियन्त्रणमा छ ।
१२ वर्षदेखि भारतले सडक खन्दा यस्तो भइरहेको छ भनेर संसद्मा एजेन्डा उडाउन किन सक्नुभएन ?
कुरा त पटक–पटक उठाइरहेको थिएँ । संसदमा पनि नउठाइएको होइन ।
तपाईंं त्यहींको मान्छे आफ्नो भूमिका अरु देशले सडक निर्माण गरेर उद्घाटन गरेपछि मात्रै कसरी थाहा भयो ?
थाहा पनि भएको हो । कुरा पनि उठाइएको छ । त्यो अझ माथि हो । त्योभन्दा तल कालापानी एरियामा भारतीय सेनाको क्याम्प छ । तिनै सेनाको नियन्त्रणभित्र रहेर उनीहरुले काम गरिराखेका छन् । हामीले यो कुरा पहिलादेखि नै थाहा पनि उठाउँदै पनि आएको हो ।
यो सडक बन्दै छ भनेर तपाईंलाई कहिलेदेखि थाहा थियो ?
यो त म सांसद नहुँदैदेखि थाहा थियो । पहिला उनीहरुले बाटो खन्ने काम गरे । त्यसपछि त्यसै रोकेर राखे त्यसपछि विगत १२, १३ वर्षदेखि उनीहरु लगातार रुपमा बाटो खनिरहेका थिए ।
त्यस्तो समस्यालाई संसद्मा किन ठाउन गर्नुभएन ?
सिंगो भूमिकै बारेमा मैले मुद्दा उठाउन गरिराखेको छु ।
त्यहाँ सडक निर्माण भइराखेको छ भनेर तपाईंले संसद्मा बोल्नु पर्दैैनथ्यो ?
त्यहाँ सडक निर्माण मात्रै होइनन् । सडकलगाय विभिन्न भौतिक पूर्वाधारहरु निर्माण भएका छन् भनेर मैले पटक–पटक राख्दै आएको छु ।
त्यो ठाउँमा सशस्त्र प्रहरीको पोष्ट किन खडा गर्नुभएन ?
मेरै निवेदनमा सशस्त्र प्रहरी बलको युनिट राख्ने निर्णय भएको छ । विगत त्यहाँ व्यापक हिमपात भएकाले काम रोकियो । अब दुई, तीन दिनभित्रै सशस्त्र प्रहरी बलको युनिट खडा गर्ने तयारी भइराखेको छ । मैले त अझ सशस्त्र प्रहरी बलले मात्रै हुँदैन भनेको छु । हामीले जहाँ सशस्त्र प्रहरी बलको युनिट राख्न लागेका छौं । त्यो कालापानीभन्दा १०, १५ कि.मि तल पर्छ । त्योभन्दा माथि शस्त्र प्रहरी बल र ब्याक सपोर्टमा नेपाली सेना पनि राख्नुपर्छ भनेर हिजो मात्रै सदनमा बोलेको छु ।
त्यसोभए त्यो ठाउँमा नेपाली सेना चाहिन्छ ?
नेपाली अनिवार्य चाहिन्छ । त्यहाँ सशस्त्र प्रहरी बललाई फ्रन्टमा राख्ने । त्यसको ब्याक सपोर्टमा नेपाली सेना चाहिन्छ ।
नेपाली सेनाले मात्रै सीमा सुरक्षा गर्न सक्छ हो ?
सुरक्षा गर्न सक्छ मात्रै होइन कि सीमा सुरक्षाकै लागि नेपाली सेना गठन गरिएको हो । सीमा सुरक्षा नगरेर नेपाली सेनाले के गर्छ ? त्यसको लागि अन्तर्राष्ट्रिय मान्यतामा नै त्यो छ कि अगाडि अर्धसैन्य बल बस्छ । भारतको पनि त्यही छ । त्यसको ब्याक सपार्टका लागि सेना राखिएको हुन्छ ।

सत्ताधारी नेकापा नेता तथा सांसद गणेश सिंह ठगुन्ना दार्चुलाका हुन् । सांसद ठगुन्नासँग रेडियो एनआरएनका लागि ऋषि धमलाले गरेको कुराकानीको छोटो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार