
नायिका रेखा थापाले पछिल्लो समयमा देश प्रतिको माया निरन्तर दर्शाइरहेकी छिन् ।
भारतले नेपालको जग्गामा सरोवर जाने मार्ग निर्माण गरिरहेकोमा रेखाले सामाजिक सञ्जाल मार्फत आफ्नो असन्तृष्टि व्यक्त गरेकी छिन् ।
सामाजिक संजाल फेसबुकमा नायिका थापाले देशको राष्टियता संकटमा परिरहेको बेला देशका सबैं एक हुनुपर्नेमा जोड दिएकी छिन् ।
यस्तो छ उनको फेसबुक स्टाटस –
देशको सिमा अतिक्रमण भएको बेला जनता एक जुट हुनु पर्दछ । देशका राजनीतिक शक्ती एकजुट हुनु पर्दछ । जुनसुकै मुल्यमा आफ्नो सिमा रक्षा गर्नु हाम्रो पुस्ताको दायित्व हो । कुनै पनि प्रकारको आत्मसमर्पण अक्षम्य हुनेछ ।
हाम्रो देशको हरेक इन्च जमिन हामीलाई मुटु भन्दा प्यारो छ । राष्ट्रियता कसैलाई सरकारमा पुर्याउने भर्र्याङ् होइन, कसैको राजनीतिको भजन होइन । यस्तो बेला लिने अडानले देखाउछ क-कस्को दावी खोक्रो छ ? कस्को अडान देसभक्तीले भरिएको छ ?







