भारतले नेपालीमाथि गिद्धेनजर लगाउँदै आएको सयौं वर्ष भएको छ । उसले नेपालका सयौंस्थानमा हजारौं हेक्टर जमीन हडपेको छ । पछिल्लोचरणमा भारतले नेपालको लिम्पियाधुरा, लिपू र कालापानी समेत आफ्नो नक्सामा गाभेर चीन जोड्ने बाटो बनाएपछि स्वाभिमानी नेपालीहरुको रगत तातेर आएको छ ।

भारतको यो हेपाहा प्रवृतिका विरुद्ध सारा नेपाली आक्रोसित भएका छन् । त्यो आक्रोस मिडिया, सामाजिक सञ्जाल, विदेश तथा स्वदेश र सकडमापनि पोखिएको छ । यसैबिच भारतको त्यो हेपाहा प्रवृतिप्रतिको आक्रोस गीत–संगीतमा पनि पोखिएको छ । भर्खर बजारमा आएको सो राष्ट्रवादी गीतमा गायक डम्बर हिङमाङ्ग र हरी पुन मगरको आवाज रहेको छ । गीतको शब्द हरी पुनकै छ भने गीतमा संगीत गायक हिङमाङ्गले भरेका छन् ।

गीतमा देवेश राईले संगीत संयोजन गरेका छन् भने गीतको भिडियो छायांकन र सम्पादन पिटर गुरुङले गरेका छन् । भिडियोमा चर्चित कमेडियन खड्कबहादुर पुनमगर ‘चञ्चल’, डम्बर हिङमाङ्ग, पृथ्वी खनाल र हरी पुनमगरको अभिनय रहेको छ ।

राष्ट्र र राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति आफ्नो ज्यान दिन पछि पर्नुहुन्न भन्ने भाव गीतमा रहेको छ । उक्त गीत गायक हरि पुनमगरको अफिसियल युटूव च्यानलबाट बजारमा आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार