सत्ताधारी नेकपा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत पत्याएनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठकमा सुनाएको नीति तथा कार्यक्रम सकिएलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताए ।

संसद भवन नयाँबानेश्वर परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मुख्य कुरा कार्यान्वयन हो । कोरोना भाइरसले सबैतिर जटिलता पैदा गरेको छ । त्यसकारण चुनौती चाहिँ कार्यान्वयनकै छ । मलाई लाग्छ यो कार्यान्वयन गर्न सकियो भने चाहिँ यसले राम्रै गति लिन्छ ।’

कोरोना भाइरस संक्रमणको महामारीलाई नजरअन्दाज गर्दै सरकारले अव्यावहारिक नीति तथा कार्यक्रम ल्याएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले समेत नीति तथा कार्यक्रमलाई आत्मप्रशंसाको पुलिन्दा भनेर प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार