प्रधानमन्त्रीले चित्त बुझाउन सक्नु भएन अथवा तपाईंहरुले भनेको जस्तो भएन भने के हुन्छ?

हामीले भनेको जस्तो भयो भने एकता अगाडि बढ्छ होइन भने अर्को बहस सुरु हुन्छ। अहिलेको विवादमा पार्टी विभाजनका कुरा वा पूर्वएमाले र पूर्वमाओवादी जसरी देखिएको थियो त्यसलाई राम्रैसँग हल गर्नु पर्छ।

यो विवाद बाहिर आउँदा एकता भइ नसकेको प्रष्ट देखियो। कमीकमजोरी पनि देखियो। यसबाट पाठ सिक्नु पर्छ। यी कुराहरुमाथि छलफल हुँदा पार्टी एक स्टेप अगाडि बढेको छ। नेतृत्वले यो कुरा बुझेरै अगाडि बढ्नु पर्छ। होइन भने परिणाम राम्रो हुँदैन भन्ने तपाईले पनि अनुमान लगाउनु सक्नु हुन्छ।

नेकपाको विवाद मिलाउन बाह्य दबाब आएको चर्चा पनि सुनियो नि ?

नेकपाको विवादमा यस्तो विषय जोडिनु सामान्य हो। छिमेकी वा अन्य शक्तिको कुराभन्दा पनि पार्टीको आन्तरिक पक्ष नै मुख्य हो। आन्तरिक कुरा मिल्यो भने भू–राजनीतिले पनि केही गर्न सक्दैन। छिमेकी देशमा अस्थिरता नहोस् भनेर सबैले चाहन्छन्। त्यही चाहेको हो।

अन्तिममा, स्थायी कमिटीका लागि तपाईहरुको तयारी कस्तो छ?

अबको स्थायी कमिटी बैठकका लागि प्रचण्ड कमरेडले प्रस्ताव तयार पार्दै हुनुहुन्छ। त्यस प्रस्तावमाथि छलफल हुनेछ।

प्रस्तावमा मुख्य कुरा के हुन्छ?

मिलेर जाने कुरा आउँछ। पार्टीको निर्देशनमा सरकार चलाउनु पर्‍यो। पार्टी नयाँ ढंगबाट चल्नु पर्‍यो। यिनै विषय आउने छन्। होइन भने विवादले अर्को रुप लिन सक्छ।

सत्ताधारी नेकपा नेता हरिवोल गजुरेलसँग नेपाल समय अनलाइनले गरेको कुराकानीको सानो अंश ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार