
नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरामा गरेको हस्तक्षेपको विरोध गर्दै तुरुन्त यस्ता हर्कतहरु बन्द गरेर अतिक्रमित भूमिहरु फिर्ता गर्न भारत सरकारलाई आग्रह गरेका छन् ।
नेपालस्थित भारतीय राजदुतमार्फत भारतका प्रधानमन्त्रीलाई पार्टीको तर्फबाट एक पत्र पठाउँदैं महासचिव विप्लवले यस्तो आग्रह गरेका हुन् ।
पश्चिम नेपालको लिपुलेकको इलाकामा पर्ने भागमा भारतले एकतर्फी बाटो बनाउने काम गरेर भारतले आफ्नो साम्राज्यवादी अतिक्रमण प्रदर्शन गरेको विप्लवले सन् १८१६ र १९५० को असमान सन्धि खारेज गर्न भारतलाई आग्रह गरेका छन् ।
अहिलेसम्म नेपालका सयौं भागमा भारतद्धारा गरिएको अतिक्रमित भुभागसमेत फिर्ता गर्न महासचिव विप्लवले पत्रमार्फत चेतावनीयुक्त भाषामा आग्रह गरेका छन् ।
यसैगरी महासविच विप्लवले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि एक पत्र लेखी अहिले भारतले जुन ठाउँमा रोड बनाइरहेको छ त्यो भाग कहिल्यैं भारतको नभएको हुँदा यस्तो संवेदनशील मुद्धामा चीनले भारतलाई सहमत गराएर त्यो भूमि फिर्ता गराउन अनुरोध गरेका छन् ।








