
एबिपी न्युज देखी एनडीटीवी सम्म अर्थात फर्जी भनिएकादेखी जेनुइन र असली भनिएका च्यानलसम्मले एकै राग अलापेका छन – नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गर्दै भारतीय भुभाग आफ्नो नक्सा भित्र सामेल गरेको हो ।
१८ मईमा नेपालले अधिकारिक रुपमा आफ्नो नयाँ नक्सा जारी गर्यो जसमा कालापानी, लिम्पियाधुरा तथा लिपुलेकलाई नेपाली भुभाग भनिएको छ। तिनै क्षेत्रलाई भारतले पनि आफ्नो नक्सामा भारतीय भुभाग भनी रहेको छ ।
मामाला अलिकती पेचिलो हुनाका बावजुद नेपाली जनमानसबाट भारतीय बिस्तारबादी छ्बीलाई हटाउनु भारतका निम्ती असम्भव छ ।
सन १९६२ मा भारत-चीन युद्दपस्चात राजा महेन्द्रले भारतीय सेनालाई कालापानीमा आस्थायी रुपमा बसेर चीनको बिरुद्ध मोर्चाबन्दी गर्नका निम्ती दिएको सहुलियतलाई अनेकौ छल-प्रपन्चद्वारा भारतले अभिलेखालयबाट निकालिएका नक्साद्वारा भारतको भुभाग भनी प्रमाणित गर्न चाह्यो र अन्तत आफ्नो भुभाग बनाइ छाड्यो। यो तथ्यलाई नेपाली जनताले बुझेका छन।
नेपालले कम से कम सन १९९० देखी लगातार कालापानी क्षेत्रमाथि भारतले गरेको षड्यन्त्रबारे आवाज उठाउदै आएको छ, यद्दपी नेपालका नेतागण ज्यादा समय सत्ताको बाडचुडमा नै व्यस्त थिए।
जो ब्यक्ती अहिले नक्साका सन्दर्भमा चीनको षड्यन्त्र देखीरहेका छन, सायद उनिहरुले यो बिर्सदै छन कि सन २०१५ मा प्रधानमत्री नरेन्द्र मोदीको चीन यात्राको अन्त्यमा जारी गरिएको ” संयुक्त बक्तब्यमा ” लिपुलेकलाई द्विपक्षीय व्यापार मार्ग’ भनिएकोमा नेपालले चीनको आलोचना गरेको थियो। र नेपालले भारत अनी चीन दुबैलाई प्रष्ट शब्दमा भनेको थियो कि – “नेपालको अनुपस्थितीमा नेपालको कुनै पनि क्षेत्रको बारेमा छलफल र बिचार गर्ने अधिकार कुनै पनि मुलुकलाई छैन”।
यो स्पस्ट छ कि अहिले जारी गरिएको नक्सामा कलापानी, लिम्पियाधुरा तथा लिपुलेकलाई नेपालले आफ्नो भुभागमा देखाएर भारत र चीन दुबैलाई आफ्नो (नेपालको) सम्प्रभुताका बारेमा प्रस्ट संदेश दिएको छ ।
यसबारे बिस्तारमा अध्ययन गर्न र लेख्न जरुरी छ।







