भारतकी पूर्वविदेशमन्त्री स्वर्गीय सुष्मा स्वराजका श्रीमान् स्वराज कौशलले नायिका मनिषा कोइरालामाथि खनिदैं उनले नेपालको राजनीतिमा राजादेखि कोइरालाहुँदैं प्रचण्ड बाबुरामसम्मलाई सहयोग गरेको खुलासा गरेका छन् ।

धारावाहिक ट्विट गर्दै मनिषामाथि लाञ्छना लगाउने क्रममा उनले यस्तो खुलासा गरेका हुन् ।

‘म नेपालमा धेरै हप्तासम्म बसेको छु र राजदरबारको भित्रसम्म पुगेको छु । तिमीहरुको प्रजातन्त्रको लडाईंमा हामी साथ थियौं । त्यसमा भारत वा भारतीयलाई केही प्राप्त हुनेवाला थिएन । राजा हटेपछि संसदका रुपमा जब हामीले तिम्रो विचार सुन्यौं, त्यसले हामीलाई निराश बनायो । भारतीहरुहरुले बुझ्नुृपर्छ कि संसारको एक मात्र हिन्दू राज्य समाप्त पार्न षडयन्त्र भएको थियो । उनीहरु माओवादीसँग मिलेका थिए । उनीहरुले प्रचण्ड र बाबुराम भट्टराईलाई सुरक्षित आश्रय दिए । उनीहरुले एक मात्र हिन्दू राज्यलाई ध्वस्त पारे । उनीहरुको मिसन समाप्त भयो ।

‘भारतको नेपालसँग गुनासोहरु होलान् र नेपालको भारतसँग मुद्दाहरु होलान् । यो नेपाल र भारतबीचको कुरा हो । यसमा कसरी चीनलाई तान्छौ तिमीहरु ? त्यो खराब हो हाम्रा लागि । नेपालको लागि पनि ठीक होइन ।’

स्वराजले यो विषयलाई लुकाउने चेष्टा गरेका छन् कि लिपुलेक विवादमा चीन पनि एउटा पक्ष हो । यो नेपाल, चीन र भारतबीचको त्रिदेशीय बिन्दू भएकाले नेपालले चीनसँग पनि संवाद अघि बढाइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार