
लिम्पियाधुरा नेपालको भनेर नक्सा बाहिर आएको छ अब नेपाल कसरी जानुपर्छ ?
लिम्पियाधुरा नेपालको हो भनेर कसले प्रमाण देखाउन सक्छ भन्नुस् त मलाई ?
लिम्पियाधुरा नेपालको हो भनेर सुगौली सन्धिमा पनि प्रस्ट रुपमा लेखिएको छ नि ?
त्यो सबै प्रमाण हुँदाहुँदै ६५ वर्षसम्म हामी के हेरेर बस्यौं त ? भारतले त्यत्रो बाटो बनाउँदासम्म प्रधानमन्त्री त केपी ओली नै थिए त उनले त्यो बेलामा किन हेरेनन् ? जति समय जान्छ त्यति नै ‘रात बस्यो, अग्राख बस्यो’ भने जस्तो भारतको सेना झन् जरिएर बस्छ । यसको लागि हामीले यति धेरै समय गुमायांै कि अब अहिले आएर ओलीजी मैले बडो गजबको काम गरेँ भन्नुहुन्छ । भारतले बाटो खन्न थाल्दा पहिलोपटक पनि ओली नै प्रधानमन्त्री थिए । त्यो बेलामा उहाँ के हेरेर बस्नुभयो त । अहिले एकतर्फी रुपमा नक्सा जारी गरिएको छ । त्यसरी एकतर्फी नक्सा जारी गर्दैमा जमीन फिर्ता हुन्छ त ?
लिम्पियाधुरा नेपालकै हो भनेर पहिलोपटक नक्सा जारी त भयो नि ?
त्यो नक्सा जारी गर्दैमा नेपालकै हो भनेर भन्न मिल्दैन । चाइनालेसमेत हिजो के वक्तव्य दियो, ‘यो जुन बादविवाद छ, त्यसमा उसले यो नेपालकै हो भनेन । उसले खाली के भन्यो भने तिमी र भारत मिलेर मैत्रीपूर्ण हिसाबले सुल्झाऊ तिमी दुईबीचको बादबिबाद हो भनेको छ । चीनले कहीं भनेको छैन ‘नेपालकै हो भारत हटेर जाऊ’ भनेर । चाइनाले पनि नभनेपछि अब कम्युनिस्ट पार्टीले के हेरेर बसेको छ मलाई थाहा छैन ।
प्रधानमन्त्रीले अब नेपालले त्यो भूमि जसरी फिर्ता लिन्छ भनिसक्नुभयो त ?
यो भूमिको बारेमा त प्रधानमन्त्रीले त अझ धेरै कुरा भन्नुभएको छ । उहाँले त हुँदाहुँदा ‘सत्य मेय जयते, सिंह मेव जयते’ भनेर भारत र नेपालको सम्बन्धलाई खत्तमै बनाइदिनुभएको छ । अब प्रधानमन्त्रीले भनेको कुरामा कुनै तुक छ ? उहाँको चुट्किलाबाहेक अरु कुनै तुक छ । हो, त्यो भूमि हाम्रो हो मलाई पनि थाहा छ । मैले पनि हाम्रो हो भनेको छु । अरुले पनि भनेका छन् । कागजपत्र पनि हाम्रै हातमा होला तर जग्गा त छैन नि । हामी हाम्रो जमीन भनेर गम्केर बस्छौं । यहाँ लालपूर्जा हाम्रो हातमा जमिन उनीहरुको हातमा भएको आज ६५ वर्ष भइसकेको छ । जसरी हिजो बुद्ध नेपालमै जन्मेका हुन् भन्ने हामीलाई थाहा थियो । मोदीजी आएर गौतम नेपालमै जन्मेका हुन् भन्दा सबैले ताली पिटेको जस्तै हो । हामीलाई पहिला नै थाहा छ नि गौतम बुद्ध नेपालमै जन्मेका हुन् भनेर तर विदेशी आएर भनेपछि तालिबजाउनुपर्ने हो त ?
नेपाली जनताले त कुटनीतिक वार्ता गरेर ती भूभागहरु फिर्ता लिनुपर्छ भनेका छन् नि ?
गरुन् त वार्ता कसले रोकेको छ यिनीहरुलाई । यो कुरा त पहिला पनि उठेको थियो नि । त्यसबेला पनि प्रधानमन्त्री त ओली नै थिए त ? किन नगरेको ? अहिले पनि वार्ता गर भनेका छौं त किन नगरेको त ? पहिला भारतसँग वार्ता गरेर अब अन्तर्राष्ट्रिय करण गर्ने रे ? चीनले पनि दुईपक्षीय वार्ता गरे भनेको छ । भोलि यसलाई अन्तर्राष्ट्रियकरण गर्ने हो भने हामीलाई चीनको पनि साथ मिल्दैन । यसमा भारतसँग राम्रोसँग मित्रबत ढंगले वार्ता गर्नुपर्ने थियो । ओलीजीको अस्तिको भाषणले खत्तमै पारिदिनुभयो ।
भारतले त त्यो नक्सा हामीलाई स्वीकार्य छैन हाम्रो जमीन अतिक्रमण भयो भन्यो नि ?
हो, भारतले त्यसो भन्दैनथियो । ओलीजीले अस्तिको भाषणमा जिस्क्याएर त्यसो भनेको हो । उहाँले ‘सत्य मेय जयते, र सिंह मेह जयते’ भन्ने कुरा गरिदिनुभयो । त्यसले भारतसँगको मैत्रीपूर्ण सम्बन्ध खत्तम भउको हो । अहिले भारत पनि हाम्रो पक्षमा छैन । त्यहाँका कुनै पार्टी पनि हाम्रा पक्षमा छैनन् । पहिला कहिले कांग्रेस हाम्रो पक्षमा हुन्थ्यो कहिले बिजेपी हुन्थ्यो । ओलीजीले नक्कली राष्ट्रवादको नामले भारतलाई चिढाएर चुनाव जित्न माहिर हुनुहुन्छ । अहिले आएर देशको नीति तथा कार्यक्रमको बेलामा प्रधानमन्त्री जस्तो माथिल्लो निकायले अर्काको देशको राष्ट्रिय चिन्हको बारेमा खिसी ट्युढी गर्ने काम गर्नुभयो । बरु मोदीलाई गाली गरिदिएको भए हुन्थ्यो, भारतलाई पारीपट्टि ढंगा हानिदिएको भए हुन्थ्यो । तर, यो काम गर्नुभयो ।
ऋषि धमलासँग गरेको कुराकानीको सानो अंश ।







