विप्लव नेकपाको केन्द्रप्य जनसरकारले ओली सरकारले एमसीसी पारित गरे प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

विप्लव नेकपाको आफ्नैं जनसरकार केन्द्रीय जनपरिषद नेपालले प्रेस विज्ञेप्ती जारी गरेर अमेरिकी सैन्य रणनीतिअन्तर्गत एमसीसीलाई कुनैपनि हालतमा पारित गरिए सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

केन्द्रीय जनपरिषद नेपालका संयोजक सन्तोष बुढामगरले विज्ञेप्तीमार्फत् सिगो देश कोरोना महामारीबाट पीडित भइरहेको बेला ओली सरकारले एमसीसी पारित गरे कार्वाही गर्ने चेतावनी दिएको हो ।

विज्ञप्तिमा अगाडि भनिएको छ-

‘अमेरिकाको सैन्य रणनीति (एमसीसी) नेपालको सार्वभौमिकतामाथिको अतिक्रमण भएको प्रस्टै छ । उक्त रणनीतिबारेको सम्झौता खारेज गर्न जनपरिषद् नेपालले पहिलेदेखि नै चेतावनी दिइसकेको छ । हाल उक्त रणनीति केपी सरकारले संसद्बाट पारित गर्ने तयारी गरिरहेको छ । हामी केपी सरकार र सांसदलाई कुनै पनि स्थितिमा एमसीसी पारित नगर्न माग गर्दछौँ । उक्त सम्झौता पारित भएमा त्यसका विरुद्ध जनपरिषद् नेपाल प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छ । साथै अमेरिकी सरकारलाई पनि स्पष्ट गर्न चाहन्छ– नेपालमा केपी सरकार मात्र छैन, देशको सार्वभौमिकताबारे गरिने निर्णय केपी सरकारले मात्र पारित गरेर लागू नहुने स्पष्ट छ । नेपालमा देशभक्त, श्रमिक जनताको जनसरकार जनपरिषद् नेपाल कार्यरत छ । एमसीसी सम्झौता पारित भएमा जनपरिषद्ले प्रतिरोध गर्नेछ । एमसीसीका कारण अमेरिका–नेपाल सम्बन्धमा नकारात्मक असर पर्नेछ । तसर्थ अमेरिकाले एमसीसी फिर्ता गरोस् भन्ने जनपरिषद् नेपालको माग छ ।’

विज्ञप्तिको पूर्णपाठ….

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार