विप्लव नेकपाले जेठ १० गते रुकुम चौरजहारीमा भएको घटनालाई लिएर आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

नेकपा प्रवक्ता प्रकाण्डले नेपाल र नेपाली जनताको शिर निउर्याउने र वेइज्जती गर्ने, जातीय भेदभाव गर्ने अपराधी र मानवताविरोधी तत्वहरुको यथासक्य पहिचान गरी कडा भन्दा कडा कारवाही गर्न र मृतक तथा वेपत्ताका परिवारहरुलाई उचित राहतको ब्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

यस्तै विज्ञप्तिमा नेपाली जनयुद्धको समयदेखि खडा भएको जनवादी साँस्कृतिक मान्यताका विरुद्ध जेहाद छेडेको र विवाहसम्वन्धी ब्यक्तिगत स्वतन्त्रता र मानव अधिकार हनन भएको भन्दै उक्त घटना कुनै पनि हालतमा सैह्य नहुने कुरा उल्लेख छ ।

विज्ञप्तिको अन्त्यमा घटनामा संलग्न अपराधीलाई कडा कारवाही गर्न सन्बन्धित सबैलाई आग्रह गर्दै यदि दोषीलाई उन्मुक्ति दिने कोसीस गरिए उक्त मुद्दा जनअदालतमा प्रवेश गराउने चेतावनी दिंदै उक्त कदममा आम जनताको साथ र सहयोग रहने विश्वास गरिएको छ ।

विज्ञप्तिको पुर्णपाठ…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार