विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ओली सरकारले कांग्रेसको समर्थनमा राष्टघाती एमसीसी पारित गरेर अघि बढ्न खोजेको भन्दैं सो पार्टीले सशक्त आन्दोलनको घोषणा गरेको छ ।

नेकपा महासचिव विप्लवले आइतबार केन्द्रीय समितिका तर्फबाट वक्तव्य जारी गरी आमहडतालको कार्यक्रम घोषणा गरेका छन् ।

विप्लवले एमसीसीजस्तो डरलाग्दो राष्टघाती सम्झौताका मुख्य पहलकर्ता केपी ओली र कांग्रेस नेता शेरबहादुर देउवा रहेको भन्दैं उनीहरुको पुत्लादहन गर्ने कायक्रम समेत रहेको विप्लवद्धारा जारी विज्ञेप्तीमा भनिएको छ ।

विप्लवले जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन अनुरोध पनि गरेका छन् ।

प्रतिरोधबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने चेतावनी पनि महासचिव विप्लवले दिएका छन् ।

वक्तव्यको अन्त्यमा महासचिव विप्लवले भनेका छन् –

‘हामी एमसीसी सम्झौताले अमेरिका–नेपाल सम्बन्धमा समेत गम्भीर नकारात्मक परिणाम ल्याउने भएकाले अमेरिकी सरकारलाई पनि यो सम्झौता नेपालमा नलाद्न र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न आग्रह गर्दछौँ । यदि जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन अनुरोध गर्दछौँ । साथै नेपाल कम्युनिस्ट पार्टीले सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिन चाहन्छ । त्यसबाट पैदा हुने परिस्थितिको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने पनि स्पष्ट गर्दछ ।’

वक्तव्यमार्फत विप्लवले २०७७ जेठ १९ र २० गते एमसीसी सम्झौता जलाउने, २०७७ जेठ २१ गते केपी र शेरबहादुर देउवाको पुतला जलाउने, २०७७ जेठ २२ गते पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकाल्ने, २०७७ जेठ २८ गते पोस्टर टाँस्ने र विभिन्न सङ्घर्षहरूसहित आमहडतालसम्म गरिने जानकारी गराएका छन् ।

विज्ञप्तिको पूर्णपाठ…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार