संयुक्त राज्य अमेरिकामा जर्ज फ्लोइडको मृत्यु प्रकरणमा भइरहेको हिंसात्मक आन्दोलनको चीन र इरानले आलोचना गरेका छन् । अमेरिकामा एक अश्वेत व्यक्तिलाई गोरा जातिका प्रहरीले निर्ममतापूर्वक हत्या गरेको भन्दै अमेरिकाका विभिन्‍न सहरमा विरोध प्रदर्शनहरु भइरहेका छन् ।

चीनले जातीय भेदभाव ‘अमेरिकी समाजको पुरानो रोग’ भएको टिप्पणी गरेको छ । बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चरम जातीय भेदभाव र प्रहरीको हिंसात्मक दमनले अमेरिकामा अस्थिरता सिर्जना गरेको बताएका छन् ।

त्यसैगरी इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मउसाभफले अमेरिकी सरकार र प्रहरी अधिकारीहरुलाई हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेका छन् ।

“अमेरिकी अधिरकारी र र प्रहरीलाई आग्रह : अमेरिकी जनताविरुद्धको हिंसा बन्द गर्नुस् । उनीहरुलाई स्वतन्त्रपूर्वक श्वास फेर्नुस्,” प्रवक्ता मउसाभीले सोमबार तेहरानामा आयोजित पत्रकार सम्मेलनमा भने । उनले अमेरिकी नागरिकलाई ‘विश्‍व तपाईंको साथमा उभिएको’ समेत बताएका छन् ।

उनले अमेरिकी प्रहरीको हिंसात्मक दमनप्रति दु:ख  व्यक्त गरेका छन् । –अलजजिरा  

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार