मिलेनियम च्यालेन्ज कम्प्याक्ट खारेजीको माग गर्दै आएको दश दलीय कम्युनिस्ट घटकले एमसीसी खारेज गर्नेपर्ने कारणहरुसहित पुनः एमसीसी संसदबाट पास नगर्न जोडदार माग गरेको छ ।

यी दलले सोमबार निकालेको संयुक्त विज्ञप्तिमा एमसीसी पारित भएमा त्यसबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामा आँच पुग्नुका साथै नेपालको असंलग्न परराष्ट्र नीतिसमेत समाप्त हुने दावी गरिएको छ ।

विज्ञप्ति निकाल्नेमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी–माओवादी, सीपी मैनाली नेतृत्वको नेकपा माले, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्र, सुभासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपाल, साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जनजागरण परिषद र केदारचन्द्र शर्मा नेतृत्वको नेकपा संयुक्त छन् ।

यस्तै नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक लोकनारायण सुवेदीले पनि यसमा हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार