विप्लव नेकपा निकट बुद्धिजीविका रुपमा चिनिने नरबहादुर कार्कीले विप्लव नेकपाका नेताहरु थुनेर सरकारले एमसीसी पारित गर्न लागेको खुलासा गरेका छन् ।

ओली सरकारले विप्लव नेकपाका नेताहरुलाई थुन्ने काम महाभारत युद्ध जितेको जस्तो ठानेर गलत गरिररहेको भन्दैं यस्ता हर्कत रोक्न सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै कार्कीले रुकुमपश्चिम घट्नामा नवराज बिकलगायतको जातीय नरसंंहार हुँद्यापनि उक्त घट्नाको विरुद्धमा बोल्ने साहस नेपालका कथित जानकारहरुले नगरेको भन्दै कडा टिप्पणी समेत गरेका छन् ।

कार्कीले प्रश्न उठाएका छन्,’नवराज बिकलगायतको जातिय नरसंहार, कुमार पौडेलको प्रहरीबाट गरिएको हत्या बिरुद्द बोल्ने सहासको सँग छ र ?’ उनले नेपालका कथित जानकारहरुले त आत्मा र बिवेक धरौटी राखेको पनि टिप्पणी गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार