विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाल पक्राउ परेका छन् ।

काठमाडौंस्थित माइतीघर मण्डलाबाट क्रान्तिकारीका अध्यक्ष ढकाललाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृतले ढकाललाई पक्राउ गरेर ल्याइएको पुष्टि गरेका छन् ।

ढकाल एमसीसीको विरोध गर्दै माइतीघर पुगेको बेला उनलाई प्रहरीले पक्राउ गरेको स्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार