रुकुम घटनाका दोसीमाथि कर्वाही र पीडितलाई अबिलम्म्ब न्याय दिइयोस् । यस घटनामा जोडिएकी किशोरीको बारेमा जसरी चरित्र हत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएको छ, त्यसले फेरिपनि उत्पीडित वर्गमाथि प्रहार भयो भन्ने लाग्छ । समाजविरुद्ध अन्तर्जातीय प्रेम गर्ने सहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ तर दोषीलाई कानुनी कार्वाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पति बजारमा लिलाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बेइज्यत गरेर मात्र न्याय पाउने हो र ?

छानबिनको क्रममा रहेकी किशोरीको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ? समुहमा बाहुन क्षेत्री, जनजाती जो जस्लाई गाली गर्नु छ गरे हुन्छ, एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ? दोषी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मानसिक हिंशा र प्रताडना दिएको कारण ती किशोरी नदीमा हाम्फलेमा कस्ले जवाफ दिन्छ ? अन्तरजातीय प्रेम गरेको सट्टा जसरी उस्को चरित्र हत्या हुँदैछ, यसले जातिवादी सोचलाई झन् धेरै बालवालिकामा स्थापित गर्ने देखिन्छ । राज्यसँग लडनु पर्‍यो नि, एउटा १७ बर्ष कि किशोरीलाई मानसिक र सामाजिक उत्पीडन किन ? दोषी भए कानुनी कार्वाही गरियोस । यो नबिर्सौ कि एउटा किशोरीको जीवन बर्वाद पारेर न्याय पाउने हो भने, कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैनन ।

नायिका रेखा थापाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दे व्यक्त गरेका अनुभूतिहरु ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार