सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नसकिने बताएका छन् ।

सरकारले एमसीसी सम्झौता पालना गर्न प्रयास गरिरहेको सन्दर्भमा अध्यक्ष प्रचण्डले भने सम्झौताका कतिपय बुँदा राष्ट्रिय हित विपरित भएकोले संशोधन आवश्यक भएको बताएका हुन् ।

“हाम्रो अडान कायमै छ ।” प्रचण्डले भने, “सहयोग नलिन भनेका छैनौँ तर नेपालको हित नहुने र राष्ट्रियष् सार्वभौमसत्ता तथा अखण्डतासँग जोडिएका कतिपय प्रावधान संशोधन गर्नुपर्छ ।”

यसअघि सरकारले एमसिसी सम्झौतालाई अगाडि बढाउन खोजेपनि नेकपाले झलनाथ खनालको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिले अहिलेकै अवस्थामा एमसिसी सम्झौता नेपालको हितमा नरहेको निष्कर्श बहुमतले निकालेको थियो ।

सरकारले बजेटमा समेत एमसिसीसँग जोडिएका कतिपय योजना समावेश गरेपछि व्यवस्थापिका संसदमा यसबारेमा बहस चलेको थियो ।

अध्यक्ष प्रचण्डले भने सरकारले पार्टीको निर्देशनविपरित पारित गराउन नसक्ने र त्यसो गरिएमा बिरोध गरिने बताए ।

“यथास्थितिमा स्वीकार गर्न नसकिने कुरा पार्टीले गठन गरेको समितिले गरेको छ ।” उनले भने, “सरकारले यसरी जाँदैन भन्न हाम्रो विश्वास हो । यदि सरकारले पार्टीको निर्णयविपरित एमसिसीलाई अगाडि बढाएमा संशोधन प्रस्ताव दर्ता गरिन्छ ।” यद्यपी यो अवस्था भने अहिले नरहेको उनले बताए ।

एमसिसीकै बारमा निश्कर्षमा पुग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच पछिल्लो दिनमा छलफल भने भइरहेको छ । तर प्रचण्डले भने दुबै अध्यक्षबीच छलफल भन्दा पनि सचिवालयको बैठक बोलाएर यसबारेमा छलफल गरी निश्कर्षमा पुग्नुपर्ने अडान लिएका छन् ।

“प्रधानमन्त्रीले दुबै अध्यक्षबीच सहमति कायम गरेर सचिवालयमा जाउँ भनेर भन्नुभएको छ ।” प्रचण्डले भने, “मेरो मत भने सचिवालय र स्थायी समितिमा यो विषय छलफल गरेर निश्कर्षमा पुगौं भन्ने हो ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार