कामगर्ने तरिका अर्थात काम गर्ने (पद्धति) शैलीलाई कार्यशैली भनिन्छ । संगठनको कार्यशैली कार्यदिशा अनुरुपको हुनुपर्दछ । कार्यशैली र कार्यदिशाको बीच तादाम्यता भएन भने ‘म गर्दछु आग्राको कुरा सम्धी गर्नुहुन्छ गाग्राको कुरा’ जस्तो हुन्छ । दीर्घकालीन जनयुद्धको कार्यदिशामा अल्पकालीन सशस्त्र जनविद्रोहको कार्यशैली र अल्पकालीन सशस्त्र जनबिद्रोहको कार्यदिशामा दीर्घकालीनको कार्यशैली अपनाईनुहुदैन ।

कुन कार्यदिशाले कहानिर कति जोड दिने माग गर्दछ त्यहीनेर त्यति नै जोड दिनुपर्दछ । नेपाली मौलिकतामा आधारित सशस्त्र जनविद्रोहले ‘शहरमा जोड देउ तर गाउलाई पनि बिशेष महत्व देउ, मजदुरलाई उठाउ तर किशानलाई पनि बिशेष तयारीमा राख भन्छ’ । अर्थात शहरमा जोड दिदा गाउलाई महत्व दिने र मजदुरलाई उठाउदा किसानलाई नछुटाउने निर्देशन गर्दछ । त्यहि अनुसार पार्टीको कार्यशैली सुनिस्चित हुनुपर्दछ । “कार्यशैलीलाई दुई भाग गरेर विश्लेषण गर्न सकिन्छ । एक : पार्टीको आन्तरिक कार्यशैली र अर्को : बाहिरी कार्यशैली । पार्टीको आन्तरिक कार्यमा अपनाईने शैलीलाई आन्तरिक कार्यशैली र बाहिरी कार्य अर्थात जनतासंग काम गर्दा अपनाईने कार्य शैलीलाई बाहिरी कार्यशैली भनिन्छ ।

पार्टीको आन्तरिक कार्यशैलीको वारेमा नेकपा (क्रान्तिकारी माओवादी ) को दस्तावेजमा उल्लेख गरिएको छ “कार्यशैली भनेको पार्टीको जीवनशैली हो । पार्टीको कार्यशैली जनवादी केन्द्रीयता,नेतृत्वको पद्धति र ज्ञान सिद्धान्तसिट अभिन्न रुपमा गासिएको हुन्छ । पार्टी कार्यशैलीको महत्व पार्टी काममा समग्र शक्तिको विन्यास कामको परिणाम र परिचालनमा अभिव्यक्त हुन्छ । परिस्थितिको बिकास र संगठन तथा संघर्षका रुपमा हुने परिवर्तन अनुसार कार्यशैलीलाई पनि परिवर्तित तथा बिकसित तुल्याउदै जानुपर्दछ” जनवादबाट केन्द्रीयता र केन्द्रियताबाट जनवादमा जानु, ब्यबहारबाट सिद्धान्त र सिद्धान्तवाट ब्यबहारमा जानु, बिशेषवाट सामान्य र सामान्यवाट बिशेषमा जानु ,तल वाट रिपोर्तिङ् लिनु र माथिवाट निरिक्षण गर्नु, नेतृत्ववाट जनसमुदाय र जनसमुदायवाट नेतृत्वमा जानु ईत्यादि आन्तरिक कार्यशैलीका विभिन्न पक्षहरु हुन।

क्रान्तिकारी संगठन र जनताको सम्बन्ध पानि र माछाको जस्तो हुनुपर्दछ । माछाको जिबन पानीमा निर्भर भए जस्तै क्रान्तिकारी संगठनको जिबन जनतामा निर्भर हुन्छ ! जनता पानि जस्तो र पार्टी संगठन तथा त्यसका नेता कार्यकर्ताहरु माछा जस्तो हुनुपर्दछ । त्यसकारण पार्टी संगठन र त्यसको नेता कार्यकर्ताहरुको कार्यशैली जनताले बुझ्ने, जनताको मन छुने र जनताले तुरुन्तै स्वीकार गर्ने खालको हुनुपर्दछ । जनताले नबुझने ,जनताले स्वीकार नगर्ने कार्यशैली भएमा पार्टी संगठन जनता देखि अलग हुने सम्भावना हुन्छ । त्यसकारण जनता संग गरिने सहकार्यमा अपनाईने कार्यशैली जनताको जिबनशैली संग मेलखाने प्रकारको हुनुपर्दछ । माओत्सेतुङ् भन्नु हुन्छ : ” लेखनशैली र अध्यन शैली पनि कार्यशैली भित्र नै पर्दछन ।

कम्युनिस्टहरुले आफ्नो लेखन,अध्यन शैली मनोगतवादी होईन मार्क्सवादी लेनिनवादी ढंगको अवलम्बन गर्नुपर्दछ । मनोगतवादी लेखन,अध्यन शैलीहरु आजका प्रभुत्वशाली शैली होईनन यी त दुषित हावाका झोक्का मात्र हुन् ,यस्ता शैलीले लगातार गडबडी मच्चाउछ ” कार्ल मार्क्सले पुंजी नलेखेको हुन्थे भने सर्वहारावर्गको हालत के हुन्थ्यो होला ? गोर्कीले लेखेको आमा उपन्यास पढेर कम्युनिस्ट आन्दोलनमा लामबद्ध हुने मान्छेहरु लाखौ छन । लुशुनको कथाहरु पढेर कथाको नायक जस्तै क्रान्तिको नायक बन्नेहरु धेरै छन ।

त्यस्तै एंगेल्स, लेनिन स्टालिन ,माओ र दुनियाभरका क्रान्तिकारी नेता,चिन्तक तथा लेखकहरुको लेखन,अध्यन मार्फत क्रान्तिकारी आन्दोलनमा अत्यन्तै ठुलो योगदान पुगेकोछ । क्रान्तिकारी लेखन अध्यनको क्रान्तिमा निक्कै ठुलो महत्व हुनेगर्दछ ! अत : क्रान्तिकारी लेखन ,अध्यन पनि क्रान्तिको एउटा महत्वपूर्ण कार्य हुन् । तसर्थ : माओले यो कार्यको शैली पनि मनोगतवादी होईन मार्क्सवादी लेनिनवादी ढंगको हुनुपर्दछ भन्नुभएको बुझिन्छ । क्रान्तिकारी लेखकहरुको लेखन शैली सरल हुनुपर्दछ, ता कि लेखकले लेख मार्फत भन्न खोजेको कुरा सबैले सजिलै बुझुन । आफुले मात्र बुझ्ने या बौद्धिक समुदायले मात्र बुझ्ने प्रकारको लेखनशैलीले क्रान्तिकारी आन्दोलनमा अर्थ राख्दैन ।

जनताको ठुलो हिस्सा बौद्धिक समुदायवाट टाढा हुन्छ ! क्रान्तिकारीहरुले लेखनमा पनि जनशैली अपनाउनुपर्दछ । जनताले बुझ्ने प्रकारको लेखनशैली हुनुपर्दछ ।त्यस्तै अध्यनको निम्ति अध्यन हुनुहुदैन, अध्यनवाट प्राप्त ज्ञानलाई तुरुन्तै ब्यबहारमा लैजानु क्रान्तिकारी अध्यनकर्ताको कर्तब्य हो । किनकी क्रान्तिकारीहरुको अध्यन केवल आफ्नो निम्ति होईन त्यो अध्यन देश,जनता र क्रान्तिको निम्ति हुनुपर्दछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार