विप्लव नेतृत्वको नेकपाले जेठ २६ गते जनआस्था पत्रिकाले प्रकाशित गरेको समाचारलाई खण्डन गर्दै सो समाचारलाई षडन्त्रमूलक र उत्तेजनात्मक खेल भनेको छ।

पार्टी प्रवक्ता प्रकाण्डद्धारा जारी विज्ञेप्तीमा त्यस्तो खुफिया पत्रकारिता नगर्न सो मिडियालाई चेतावनी दिइएको छ ।

‘जनआस्था अनलाइनले जेठ २६ गते बेलुकी ८ बजे हाम्रो पार्टीका बारेमा ‘विप्लवका रणनीतिका बेलिविस्तार’ शीर्षकमा छापेको समाचारप्रति पार्टीको विशेष चासो रहेको छ । प्रवक्ताले विज्ञेप्तीमा भनेका छन् हाम्रो पार्टीका विरुद्ध रचना गरेको षड्यन्त्रमूलक, उत्तेजनात्मक, झूठ र भ्रमपूर्ण समाचारको पार्टी प्रचण्ड निन्दा र घोर भत्र्सना गर्दछ ।

यस्तो हद दर्जाको खुफिया पत्रकारिता पार्टीका विरुद्ध नगर्न सम्बन्धित अनलाइनलाई पार्टी कडा चेतावनी दिन्छ ।’ प्रकाण्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार