
कम्युनिस्ट पार्टीको सदस्य बन्न आम मान्छेले सक्दैनन् । फेरिपनि क्रान्तिको निम्ति ब्यापक जनसहभागिताको आवस्यकता हुन्छ । आन्दोलन र परिवर्तनको निम्ति कम्युनिस्ट पार्टीको बाहिर वरिपरी जनताको विशाल घेरा बनाउनु आवस्यक हुन्छ । त्यसकारण सबै क्षेत्र,लिङ्ग र पेशाका जनतालाई तत तत् ठाउमा संगठित गर्ने काम गर्नुपर्दछ । कम्युनिस्ट पार्टीले त्यस्ता ठाउहरुमा सचेत प्रयत्नद्वारा आफ्नो कार्यकर्ताहरु पठाएर जबस र मोर्चाहरुको गठन गर्ने, नेतृत्व गर्ने गर्नुपर्दछ ।
साथै कम्युनिस्ट पार्टीका आधारभूत सर्तहरु मान्ने अनुशासित , सचेत र सक्षम जबस र मोर्चाका सदस्यहरुलाई कम्युनिस्ट पार्टीको सदस्यता प्रदान गर्नुपर्दछ । जबस र मोर्चामा काम गर्ने पार्टी सदस्यले पार्टीको निर्णय र निर्देशनमा काम गर्नुपर्दछ । जबस र मोर्चाहरुमा पार्टीको निर्णय,निर्देशन कार्यन्वयन गर्नु गराउनु नै जबस र मोर्चामा पठाईएका पार्टी सदस्यहरुको काम हो । त्यसको बिपरित पार्टी निर्णय संग बाझ्ने निर्णय गर्ने र गराउने ,पार्टी निर्देशनको अबज्ञा गर्ने र गराउने , पार्टी र क्रान्तिका दृघकालिन हितका कामलाई भन्दा तत्कालिन र अल्पकालीन पेशागत, जातिगत ,क्षेत्रगत र लिङ्ग गत हितका कामलाई प्रधान ठान्ने क्रियाकलापहरु अनुशासन बिहिनता र अराजकता हो ।
बिशौ शताव्दीको सुरुतिर रुसी जनताको क्रान्तिकारी आन्दोलनमा एउटा अवसरवादी प्रवृतिको जन्म भयो त्यो प्रवृतिलाई ट्रेड युनियनवाद वा अर्थवाद भनिन्छ । ट्रेड युनियनवादीहरुले मजदुर आन्दोलनलाई क्रान्तिकारी राजनीति ,संघर्ष र क्रान्तिकारी पार्टी देखि टाढा राखेर केवल मजदुरहरुको तत्कालिन हित, आर्थिक लाभ र सामान्य सुधारहरुमा मात्र सिमित राख्दथे । लेनिनले ट्रेड युनियनवाद अर्थात अर्थावाद्को चर्को बिरोध र भण्डाफोर गर्नुभयो ।
लेनिन लेख्नुहुन्छ- अर्थवादीहरुले वेतन वृद्धि ,श्रमको अवस्थामा सुधार,आदिकालागी आर्थिक संघर्षमा नै मजदुर बर्गको कार्यक्रमलाई सिमित राख्दथे र राजनैतिक संघर्ष उदारवादी पुजीपति बर्गको काम हो भन्दथे । उनीहरु मजदुर बर्गको पार्टी को नेतृत्वदायी भूमिकाको अस्विकार गर्दथे र पार्टीले आन्दोलनको स्वतस्फुर्त अवलोकनमै घटनाहरुको फेहरिस्त दर्ता गर्ने काममै आफुलाई सिमित राख्नुपर्दछ भन्ने ठान्थे । मजदुर आन्दोलनको स्वतस्फुर्ततामा नतमस्तक हुदै अर्थवादीहरुले क्रान्तिकारी सिद्दान्तको चेतनशीलताको महत्वको कम मुल्यांकन गरेर स्वतस्फुर्त मजदुर आन्दोलन वाट नै समाजवादी विचारधाराको अभ्यूदय हुन्छ भन्ने घोषणा गरे ।
लेनिनले मजदुर आन्दोलनको बारेमा ब्यक्तगरेका कुराहरु अन्य सबै जबस र मोर्चाहरुको हकमा पनि सत्य हो । कुनैपनि जबस र मोर्चाले क्रान्तिकारी राजनीति, क्रान्तिकारी पार्टी र आन्दोलन भन्दा अलग रहेर वा त्यसप्रति बोक्रे औपचारिकता मात्र पुरा गरेर केवल आफ्ना सेवा सुबिधा र तत्कालिन समस्या समाधानको बारेमा मात्र आफ्ना गतिविधिहरुलाई सिमित गर्दछ भने त्यही हो ट्रेड युनियनवाद । कतिपय ठाउमा सिद्दान्तत मालेमावाद र नयाँ जनवादी क्रान्तिलाई मान्ने तथा पार्टी र क्रान्तिलाई नै सबथोक ठान्ने भएतापनि प्राय ब्यबहारमा आफ्नै जवस र मोर्चाको वरिपरी मात्र घुम्ने प्रवृति देखिन्छ । क्रान्तिकारी पार्टी ,राजनीति र आन्दोलन देखि टाढा रहने यो प्रवृतिको स्रोत पिछदियको राजनैतिक चेतना र निम्न पुँजीवादी महत्वाकांक्षा नै हो । पिछडिएको राजनैतिक चेतनाले राजनीतिले नै सबै चिजको नेतृत्व गर्दछ भन्नेकुरा बुझ्न सक्दैन । निम्न पुजिवादी महत्वाकांक्षाले क्रान्तिकारी पार्टीको नेतृत्वदायी भूमिकालाई स्वीकार गर्न सक्दैन ।
आम जनताले तुरुन्तै सबै कुरा बुझ्दैनन् । उनीहरुले आफ्ना तत्कालिन समस्याका कुराहरुलाई मात्र बुझ्दछन । उनीहरुले आफ्नो तत्कालिन व्यक्तिगत समस्या र क्रान्तिको अन्तर सम्बन्धलाई बुझ्न सक्दैनन् । क्रान्तिले नै सबै बर्ग,जाति,क्षेत्र र लिङ्गको तत्कालिन र दृघकालिन समस्याहरु एकसाथ समाधान गर्दछ भन्नेकुरा उनीहरुले बुझ्दैनन् । त्यस्तो अवस्थामा आम जनता आ(आफ्नो तत्कालिन व्यक्तिगत समस्यासंग सम्बन्धित आन्दोलनमा तुरुन्तै सरिक हुने सम्भावना भएकोहुदा उनीहरुलाई त्यही मार्फत नै आन्दोलनमा सरिक गराउनुपर्दछ । तर जबस र मोर्चामा काम गर्ने सचेत क्रान्तिकारी सदस्यहरुको काम जबस र मोर्चाहरुको तत्कालिन समस्यामा मात्र अल्झेर बस्ने होईन ति जनतालाई अन्तत स् क्रान्तिकारी राजनैतिक आन्दोलनमा सहभागी गराउनु नै हो, हुनुपर्दछ ।
क्रान्तिकारी मजदुर,क्रान्तिकारी किशान ,क्रान्तिकारी बिधार्थी ,क्रान्तिकारी युवा ,क्रान्तिकारी महिला,क्रान्तिकारी बुद्दिजिवि लगायत सबै क्रान्तिकारी जबस र मोर्चाहरुको संगठन र आन्दोलनको उद्देस्य बिधमान पुजिवादी ब्यबस्था अन्तर्गत नै सामान्य सेवा सुबिधा प्राप्त गर्नु मात्र नभई यो प्रतिक्रियावादी पुँजीवादी ब्यबस्थालाई धोस्त गर्नुपनि हो । लेनिन भन्नुहुन्छ, ‘आर्थिक संघर्षको उद्देस्य हो बिधमान ब्यबस्था अन्तर्गत मजदुर , किसान र अन्य जनसमुदायहरुको आर्थिक अवस्थामा सुधारको लागि प्रयत्न गर्नु । तर क्रान्तिकारी सिद्दान्तले प्रतिक्रियावादी ब्यबस्था अन्तर्गत राम्रो मुल्यमा श्रम शक्ति बिक्रि गर्नका लागि मात्र नभएर त्यस ब्यबस्थाको उन्मुलनको निम्ति पनि मजदुर संघर्षको नेतृत्व गर्दछ । जुन व्यवस्थाले सम्पतिहिनहरुलाई आफुलाई अरुका हातमा बेचिन बाध्य गर्दछ ।’
जबस र मोर्चाहरुले बिधमान राज्य व्यबस्थाको बैधानिक घेरा भित्र रहेर सम्बन्धित लिङ्ग ,क्षेत्र,जाति,पेशाको हकहितको रक्षाको निम्ति संघर्ष गर्दै आमुल परिवर्तनको आन्दोलनमा सहयोगी भूमिका निर्वाह गर्नुपर्दछ । नेपालको सन्दर्भमा सबै क्षेत्र,लिङ्ग ,जाति ,पेशाको वास्तविक मुक्ति नयाँ जनवादी क्रान्तिमा मात्र सम्भव हुन्छ । नयाँ जनवादी क्रान्ति जवस र मोर्चा हरुको बेग्ला बेग्लै संघर्ष बाट सम्भव छैन । क्रान्तिकारी पार्टीको झण्डामुनि सबै जबस र मोर्चाहरु गोलबन्द भएर एकीकृत संघर्ष गरेर मात्र नयाँजनवादी क्रान्ति सम्भव हुन्छ । कम्युनिस्ट पार्टीले आमुल परिवर्तनकारी आन्दोलनको नेतृत्व गर्दै नयाँ जनवाद ,समाजवाद र साम्यवाद स्थापनाको निम्ति संघर्ष गर्दछ । त्यसकारण आफ्नो क्षेत्र,लिङ्ग ,जाति ,पेशाको वास्तविक मुक्तिको निम्ति सबै जबस र मोर्चाहरु कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्नहुने नयाँ जनवादी क्रान्तिमा लामबद्ध हुनुको बिकल्प छैन ।
तसर्थ सबै जबस र मोर्चाहरुले आ(आफ्नो संगठनमा कम्युनिस्ट पार्टीको नेतृत्वदायी भूमिकालाई स-सम्मान स्वीकार गर्दै आमुल परिवर्तनकारी आन्दोलनमा एकाकार हुनुपर्दछ । पार्टीको नेतृत्वदायी भूमिका लाई गौण ठान्ने मेन्शेविकहरुको कमजोरीको आलोचना गर्दै लेनिन भन्नुहुन्छ, पार्टीको नेतृत्वदायी भूमिकालाई कमजोर पार्ने, तुच्छ ठान्ने मेन्शेविकहरुको कोशिसले गर्दा पार्टीको निर्देशनमा रहेका सर्वहारावर्ग कमजोर र निशस्त्र बन्छ ।
कम्युनिस्ट पार्टीले जबस र मोर्चा परिचालनको निम्ति फ्र्याक्सन बनाउन सक्दछ । फ्र्याक्सन आफैमा निर्णायक कमिटि होईन । फ्र्याक्सनले बेग्लै निर्णय गर्न सक्दैन । पार्टीको निर्णय जबसरमोर्चा सम्म पुर्याउने र त्याहा कार्यान्वयन गर्न पहल गर्ने साथै त्याहाको स्थितिका वारेमा पार्टीमा रिपोटिङ् गर्ने माध्यम फ्र्याक्सन हो । फ्याक्सनको गठन र परिचालन सम्बन्धित पार्टी कमिटीले गर्दछ ।







