नीति, कार्ययोजना र रणनीति बनाउने भिजन भएका सहकर्मी नहुँदा प्रचण्डका निर्णय परिपक्व हुन सकेका छैनन् । नेपालको राजनीतिमा डा. बाबुराम भट्टराई त्यस्ता नेता हुन, जसले विश्वको राजनीतिका बहुआयामको बारेमा अध्ययन गरेका छन् ।

तत्कालिन माओवादीले १० वर्षे जनयुद्ध त्यागेर बृहद शान्ति सम्झौता गरेपछि पहिलो पटक २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा भाग लियो । निर्वाचनमा प्रत्यक्षतर्फ २४० सिटमध्य १२२ सिट माओवादीले जित्यो ।

तर, समानुपातिक प्रणालीमा भएको व्यवस्थाले गर्दा माओवादीको बहुमत पुगेन । अर्को कुनै दलसँग मिलेर सरकार बनाउनु पर्ने भयो ।

त्यसबेला १० वर्षे जनयुद्धको कमाण्ड गरेका प्रचण्ड आफै प्रधानमन्त्री बने । अहिले उनी आफै निकटस्थहरुसँग भन्ने गर्छन, त्यसबेला प्रधानमन्त्री बनेर ठूलो भूल गरियो ।

माओवादी जनयुद्धको ग्राण्डडिजाइनर र अध्ययन विश्वको संसदीय राजनीति बुझेका अर्थतन्त्रमा राम्रो ज्ञान भएका आफू पछिको वरियतामा रहेका डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री नबनाएको पछुतो अहिलेसम्म प्रचण्डलाई छ ।

सशस्त्र द्वन्द्वबाट आक्रान्त विकासका भोका नागरिकलाई बाबुराम प्रधानमन्त्री भएको भए ५ वर्षमा प्रशस्तै विकास गरेर देखाइदिन्थे । र, माओवादीको पक्षमा छुट्टै जनलहर स्थापना हुन्थ्यो ।

बाबुरामको विकासले त्यसपछिको निर्वाचनमा माओवादीलाई सहज बहुमत आउथ्यो । उदाहरणका लागि अहिले केपी शर्मा ओलीले अघिल्लो पटक राष्ट्रबादको नारा लगाएर अहिले प्रचण्डलाई भर्‍याङ बनाएर बहुमत ल्याएजस्तो ।

बाबुरामले विकास गर्ने रहेछन् भन्ने छोटो समयमा कमजोर दलहरुको साथ लिएर सरकारको नेतृत्व गर्दापनि गरेको विकासले देखाउँछ ।

त्यसवेला प्रचण्डले भन्नुपथ्यो, ‘म प्रधानमन्त्री बन्दिन बाबुरामजीलाई प्रधानमन्त्री बनाउँछु । मेरो सहयोगमा उहाँले मुलुकको विकास गर्नुहुन्छ ।

पूर्णविकास भएपछि पार्टीले सहज बहुमत ल्यायो भने मात्रै म प्रधानमन्त्री बन्छु ।’ तर, उनले त्यो भन्न सकेनन् । सत्ता र शक्तिका भोका सिप र रणनीति नभएकाको सुझावमा लागेर आफू नै प्रधानमन्त्री बने । बाबुराम ५ वर्ष प्रधानमन्त्री भएको भए विकास हुन्थ्यो ।

त्यसपछि माओवादीको पूर्ण बहुमत आउनेमा कुनै संका थिएन, किनकि नेपाली जनताले विकास चाहेको थियो । पूर्ण बहुमत आएपछि प्रधानमन्त्री भएको भए प्रचण्डले २० वर्ष चलाउथे ।

जनताले अझै पत्याएनन मलाई तसर्थ म बाबुरामलाई बनाउँछु भन्नु पथ्र्यो । त्यसो गरेको भए अहिले ०६४ बाट ५ वर्ष बाबुराम प्रधानमन्त्री हुन्थे ।

त्यसपछि अहिलेसम्म प्रचण्ड ८ वर्षसम्म प्रधानमन्त्री भइसकेका हुन्थे । त्यतीमात्र होइन राष्ट्रपति, र राज्यका अरु संवैधानिक निकाय र महत्वपूर्ण कार्यालयमा माओवादीको वर्चश्व हुन्थ्यो ।

त्यो गल्तीका कारण अहिलेसम्म उनी राजनेता बन्न सकिरहेका छैनन् । उनलाई अहिलेसम्म त्यो निर्णयले राजनेता बनाउन सकिरहेको छैन् ।

त्यो बेला काम प्रचण्डले बाबुरामलाई अघि सार्ने निर्णय गरको भए अहिले उनी सबैले वा वा भन्ने मान्छे हुन्थे । शक्तिको मोहमा लाग्दा ८ महिनामै प्रधानमन्त्रीबाट हात धुने अवस्था मात्रै आएन, राजनेता बन्ने अवसर उनले गुमाएकै हुन ।

भिजन भएका मान्छे च्याप्न नजान्दा प्रचण्ड बिग्रिएका हुन । जम्मै झोले हल्दार, खरदार, जम्दारजस्ता असक्षम मान्छेलाई मन्त्री बनाएर आफूले प्रधानमन्त्री बन्ने लोभ राख्दा प्रचण्ड अहिले यो अवस्थामा पुगेका हुन् ।

त्यसवेला म प्रधानमन्त्री बन्दिन बाबुरामलाई बनाउँछु भन्ने सार्वजनिक अभिव्यक्ति दिएर आफूले व्याक सर्पोट गरेको भए अहिलेको अवस्था मुलुकका लागि र माओवादी पार्टी र स्वयं प्रचण्डका लागि अर्कै बन्थ्यो ।

अर्कोको चाकडी गर्ने र कुरा सुन्ने बानीले प्रचण्डलाई विगारेको हो । भिजन र रणनीति भएका मान्छेलाई भन्दा चाकडी गर्नेका कुरा सुन्दा अहिलेको अवस्थामा प्रचण्ड पुगेका हुन ।

तर, अझैपनि केही बिग्रेको छैन् । अझैपनि बाबुरामलाई आफैसँग ल्याउँने प्रयास प्रचण्डले गर्नुपर्छ । अहिलेको नेकपाबाट जतिसक्यो एमालेका नेताहरु र आफ्नो पुरानो पार्टीका सबै नेता अलग्याएर नयाँ पार्टी बनाउनु पर्छ ।

या पुरानै पार्टीलाई व्यूताउनु पर्छ । त्यसपछि बाबुरामलाई उच्च र्‍याङकिङमा राखेर म अब बन्दिन बाबुरामलाई प्रधानमन्त्री बनाउँछु भनेर जान सके प्रचण्ड हिरो बन्न सक्छन् । माओवादीको पुरानो साख फेरी फर्कन सक्छ ।

तराई, बाबुराम र कांग्रेससँग मिलेर जान सके भने प्रचण्ड पुनः शक्ति र सत्तामा फर्कन सक्छन् । उनको बिग्रेको छबी पुन सप्रिन सक्छ । तराईलाई मिलाउने जिम्मा बाबुरामलाई दियो भने मिलाउन सक्छन् ।

कांग्रेसलाई साथमा लिने र तराई मिलाउन सक्यो भने भारतको सहयोग भइहाल्छ । भारत दाइना भएपछि शक्तिमा पुग्न उनलाई गाह्रो छैन् । छ, त केबल निर्णयमा पुग्न सक्छन कि सक्दैनन् भन्नेमा श‌ंका ।

त्यो अभिव्यक्तिमा मात्र होइन, लिखित मन्तव्य नै दिनुपर्छ । किनकि प्रचण्डले बेला बेलामा धोका दिएकाले अभिव्यक्तिमा मात्रै बाबुराम र कांग्रेसले पत्याउदैनन् ।

लिखित नै दिएर पारदर्शी रुपमा अगाडी बढ्यो भने अर्को पटकको निर्वाच्नमा प्रचण्डले बहुमत ल्याउन सक्छन् । त्यसपछि मात्रै उनी प्रधानमन्त्री बन्नुपर्छ ।

बाबुरामजस्तो पढे लेखेको, संसदमा आफ्ना कुरा स्पष्ट राख्न सक्ने, सांसदलाई अपहरण मुद्दा लागेपछि आफै प्रहरी र सरकारी वकिलको कार्यालयमा जान सक्ने व्यक्तिलाई प्रधानमन्त्री बनाउन अघि सार्‍यो भने प्रचण्डको छाप नै अर्कै बस्छ ।

आम नागरिकले पनि पत्याउने वातावरण निर्माण हुन्छ । बिग्रिएको छबी पनि सुध्रिदै जान्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार