
साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पश्चिम रुकुम चौरजहारी घटना सम्बन्ध नबोल्ने प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्डलाई नाङ्गै हिँड्न सुझाव दिएका छन् ।
माइतिघर मण्डलामा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गदै संयोजक मिश्रले दलितले बनाएको लुगा, जुत्ता, भाँडा बर्तन चल्ने, उनीहरुको सीप चल्ने तर जातको खोल ओडेर रुकुम घटनामा चुईँक्क पनि नबोल्ने प्रधानमन्त्री ओली र प्रचण्ड कमिज, पाईण्ट फुकालेर नाङ्गै हिँड्नुपर्ने बताएका हुन् ।
उनले विभेद अन्त्यका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताए । सरकारले विभेद भएका घटनाहरुमाथि छानविन गरी दोषिलाई कारबाही गर्न र सधैका लागि विभेद अन्त्य गर्ने विषयमा काम गर्न नसकेको बताए ।
संयोजक मिश्रले आफ्ना छोरा–छारीलाई लुकाउँदै पढाउँदै दलितका छोरा–छोरीको छातीमा गोलि खुवाएर गरेको प्रचण्डको अन्दोलनले समेत विभेद अन्त्य गर्न नसकेको आरोप लगाउँदै जातिवादका नाईकेहरुलाई जबसम्म ठेगान लगाउन सकिँदै तबसम्म अन्तरजातीय विभेदको अन्त्य नहुने ठोकुवा गरे ।
संयोजक मिश्रले भने, ‘आन्दोलन गरेर मात्रै विभेद अन्त्य नहुँदो रहेछ भन्ने कुरा माओवादीहरुको सशस्त्र संघर्षबाट हामीले बुझिसक्यौं, अब दलितवर्गले मुक्तिका लागि स्वार्थका लागि ललिपप खुवाउने भ्रष्ट नेताहरुलाई मार्न र मर्ने संघर्ष गर्नुपर्छ ।’







