
प्रहरीले रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
प्रहरीले प्रतिवेदन पेशगरेसँगै सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा पेश गरेको छ ।
अनुसन्धानबाट भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरिएकाे जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
मृतक नवराज र उनकी प्रेमिका भनिएकी सुस्मा मल्लबीच पहिले राम्रो सम्बन्ध भएपनि पछिल्लो समय विग्रिएको तरपनी लान सकिन्छ कि भनेर युवक साथीहरु लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
स्थानीयसँग विवाद भएपछि युवतीको गाउँमा पुगेको समूह भागेको र उनीहरुलाई छेक्नलाई तल मान्छे राखिएको पाइएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् ।
यो कार्यमा संलग्न २९ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन पेश गरिएको प्रहरीले जनाएको छ । यसमा प्रहरीले वडाध्यक्ष, युवतीका बुबा लगायतलाई प्रतिवादी बनाएर कसुर अनुसार कारबाहीका लागि सिफारिस गरिएकाे बताईएकाे छ ।
प्रहरीले अनुसन्धानमा नदीमा हाम फालेको व्यक्तिलाई पनि ढुंगा हानेको भेटाएकाे बताएकाे छ । आराेपीले समेत यसलाई स्वीकारेकाे अवस्था रहेकाे छ ।







