बजेटको हिसाबकिताब पारदर्शी नगर्दा धनुषामा एकजना प्रशासकीय अधिकृतलाई स्थानियले कालोमोसो दलेका छन्। धनुषाको औरही गाउँपालिका वडा नम्बर-३ का स्थानीयबासीले कालोमोसो दलेका छन्।

धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाको संसदीय विकास कोषको रकमबाट वडा नम्बर–३ कपटौलमा मण्डल सेवा समिति निमार्णका लागि विनियोजन गरिएको बजेटको हिसाबकिताब पारदर्शी गर्न पटक-पटक आग्रह गरेपनि वेवास्ता गरेको भन्दै स्थानीयहरुले प्रशासकीय अधिकृत संतोष शर्मालाई कालोमोसो दलेका छन्।

कपटौलमा मण्डल सेवा समिति निमार्णका लागि गाउँपालिकाले ठेक्काका लागि पहिलो पटकमा ३० दिने सूचना निकालेर बदर गर्यो फेरि दोश्रो पटकमा पनि १५ दिने सूचना निकालेर त्यसलाई पनि बदर गर्ने र अब आएर काम नहोस भन्‍ने मनसायले समय नरहेको भन्दै प्रशासकीय अधिकृत संतोष शर्माले आनाकानी गर्न थालेको स्थानीय जर्नादन भण्डारीले लगाए। उनले प्रशासकीय अधिकृतलाई कमिसनको कुरा नमिलेपछि काम नै गर्न नदिएको बताए।

संघीय र प्रादेशिक संसदीय कोषको रकमलाई सम्बन्धित संसदीय क्षेत्रमा रहेको स्थानीय तह र वडा मार्फत सर्वदलीय संयन्त्र बनाएर कोरोना विरुद्धको संघर्षमा खर्च गर्ने सरकारको निर्णयपछि औरही गाउँपालिकाका प्रशासकीय अधिकृत शर्माले सो रकम झवाम्म पार्ने उद्देश्यले मण्डल सेवा समिति निमार्णमा अवरोध पुर्याएको स्थानियहरुको आरोप छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार