अमेरिकी परियोजना एमसीसीका विरुद्ध आज राजधानीमा ११ वाम पार्टीले विरोधसभा आयोजना गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा भएको विरोधमा सभामा ११ वाम पार्टीका नेता कार्यकताृहरुले एमसीसी खारेज गर्नुपर्ने चर्का नाराबाजी गरेका थिए ।

विरोध कार्यक्रमलाई दलका विभिन्न पार्टीका नेताहरुले संवोधन गरेका थिए । कार्यक्रममा नेकपा मसालकी नेतृ दुर्गा पौडेललगायत नेताहरुले संवोदन गर्दै एमसीसीविरुको आन्दोलनलाई निर्णायक चरणमा पुर्याउनुपर्ने बताएकी थिइन् ।

आजै ११ वाम पार्टीले देशभर विभिन्न कार्यक्रम आयोजना गरेर विरोध प्रदर्शन गरेका छन् ।

यसैबीच गैरराजनीतिक महिला संजालले काठमाडौंकै माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्ने महिला नेतृहरुले देशलाई भड््खोलामा हाल्न एमसीसी परियोजना ल्याइएको भन्दैं सो परियोजनालाई खारेज गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार