
उत्तर कोरियाले दक्षिण कोरियाविरुद्ध ‘सैन्य आक्रमण’ को योजना तत्कालका लागि निलम्बित गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
पछिल्ला केही हप्ता दुई कोरियाबिच तनाव बढिरहेको छ । दक्षिण कोरियाका तर्फबाट सीमा क्षेत्रबाट बेलुनको प्रयोग गरेर उत्तर कोरियामा प्रोपोगाण्डा सामग्री पठाएपछि तनाव बढेको हो ।
तनाव बढ्दै जाँदा सैन्य आक्रमणको योजनामा उत्तर कोरिया रहेको बताइएको थियो । तर उत्तर कोरियाले तत्कालका लागि सो योजना पाखा लगाएको छ ।
सर्वोच्च नेता किम जोङ–उनसहितको बैठकले सैन्य आक्रमण गर्ने सम्बन्धी योजना तत्कालका लागि थाती राख्ने निर्णय गरेको हो ।
किमकी बहिनी किम यो–जोङले हप्ता दिनअघि आर्मीलाई तयारी अवस्थामा बस्न निर्देशन दिएकी थिइन् ।







