प्रचण्डले त सरकारको नेतृत्व आलोपालोबाट गर्ने भन्ने पूर्व सहमति बाट पछि हट्दा मलाई घाटा भयो भन्नुभयो नि ?

त्यो त उहाँहरुको कुरा हो । यदि त्यस्तो सहमति भएको छ भने पार्टीभित्र छलफलमा राख्नुपर्छ । बाहिर हल्ला गरेर समस्या समाधान हुँदैन नि ।

प्रचण्डले त प्रष्ट रुपमा हिजो सरकारको नेतृत्व आलोपालोमा गर्ने सहमति भएको हो, तर त्यो छाड्दा घाटा भायो, भन्नुभयो नि ?

पार्टीका नेताहरुबीचमा विभिन्न प्रकारका कुरा, विचार, योजना, कार्यक्रम र आफ्ना धारणाहरु हुन्छन् । ती विषयहरुलाई पार्टीभित्र गम्भीर छलफल गरेर समाधानतिर लाग्नुपर्छ ।

प्रचण्डले त प्रधानमन्त्रीमा आफ्नै दम्भ छ, अरुका विचारहरु सुन्नुहुन्न भन्नुभएको छ नि ?

उहाँले के भन्नुभयो, कसो भन्नुभयो भन्ने कतिपय कुराहरु राखेको हुन्छ । त्यसलाई फेरि बढाइचढाइ गरेर बाहिर आएका हुन्छन् । ती विषयवस्तुलाई पनि मिडियाहरुले हालिरहेका हुन्छन् । त्यसैले कतिपय कुरा सत्य पनि हुन सक्छन् । कतिपय कुराहरु बढाइचढाई पनि हुन्छन् ।

माधवकुमार नेपालले त प्रधानमन्त्रीलाई तपाईंं खाल्टाखुल्टी पुरेँ भन्नुभयो, साँखु गएर हेर्नुहोस् के के भएको छ, भनेर ठाडै चुनौति नै दिनुभयो नि ?

त्यो कुरा मैले अगाडि नै भनिसकेको छु । यस्ता विषयवस्तुलाई समग्रमा राखेर हेर्नुपर्छ । सरकारले गरेका कतिपय राम्रा कामहरुमा स्वागत गर्नुपर्छ । त्यसको जनताले पनि महसुस गरेका छन् । मिडियाहरुले पनि महसुस गरेका छन्, सम्मान गरेका छन् । केही ठाउँमा कमीकमजोरी छन्, काम रोकिएका छन् भने फेरि अगाडि बढिहाल्छ नि । अहिले काठमाडौंमा धेरै सुधार भएर गइराखेका छन् । फेरि कतिपय ठाउँमा कमीकमजोरी भएका कुरा उठेका छन् भने त्यसलाई अस्वीकार गर्नुपर्ने कुरै छैन । माधव नेपालले भन्नुभएको छ भने ती काम पनि पुरा हुन्छन् । अहिले नै किन आत्तिनुप¥यो ।

एमसीसीको बारेमा पार्टीभित्रको विवाद कसरी मिल्छ ?

एमसीसीका विषयमा पार्टीभित्र, बाहिर र जनस्तरमा पनि व्यापक रुपमा छलफल भयो । अब जे गरिन्छ त्यसलाई फेरि पार्टीभित्र छलफल गरेर विवाद गरिरहने कुरा छैन । अब त्यसलाई राष्ट्र, राष्ट्रियता र अखण्डतालाई केन्द्रमा राखेर गम्भीर रुपमा छलफल गरेर निष्कर्ष निस्कन्छ ।

त्यसोभए एमसीसी पारित हुन्छ, अन्तर्राष्ट्रिय दातृ निकायबाट व्यापक रुपमा चासो छ नि ?

अन्तर्राष्ट्रिय दातृ निकायबाट व्यापक रुपमा चासो निन्ताहरु हुन्छन् त्यो उहाँहरुको हो । तर, हाम्रो विषय भनेको त्यसलाई व्यापक रुपमा छलफल गरेर मात्रै निष्कर्ष निकाल्ने कुरा हो । त्यसकारण एमसीसीको विषयमा अहिले मैले पास हुँदैन भनौला पास होला, हुन्छ भनौला नहोला त्यसैले अहिले नै म भन्न सक्ने अवस्थामा छैन । किन भने त्यो अभैm छलफलमै छ ।

एमसीसी आज यो देशको हितमा छ कि छैन ?

मेरा विचारहरु मैले पार्टीभित्र राख्छु । त्यसपछि जे निष्कर्ष आउँछ त्यसलाई भन्छु ।

होइन प्रचण्डले पारित हुँदैन भन्नुभयो तर प्रधानमन्त्रीले त म जसरी पारित गराउँछु भन्नुभयो नि ?

उहाँहरुले के के भन्नुहुन्छ भनेर म त्यसको पछि लाग्दिँन । मेरा पनि त आफ्ना विचारहरु हुन्छन् नि ।

सत्ताधारी नेकपा नेता टोपबहादुर रायमाझीसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको छोटो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार