सत्ताधारी नेकपाभित्र चर्किएको विवाद मिलाउन नेताहरु दौडधुपमा छन् । प्रचण्ड, माधव नेपाल लगायत नेताहरु जसरी पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने अभियानमा लागेपछि भेटघाट तिव्र भएको छ ।

यही क्रममा प्रचण्डलाई फकाउन ओली निकट नेताहरु प्रचण्ड निवास खुमलटार पुगेको छन् ।ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल लगायत नेताहरु प्रचण्ड निवास पुगेर छलफल थालेका छन् ।

ओलीको सन्देशसहित उनीहरु त्यहाँ पुगेको स्रोत बताउँछ । ओलीले अब सरकार सञ्चालनमा आफु लचिलो हुने बताएका छन् ।

ओली र प्रचण्डबीच बुधबार बालुवाटारमा पनि छुट्टा छुट्टै छलफल भएको थियो । तर सहमति हुन सकेन ।

पटक पटकको चेतावनीपछि पनि ओलीले कार्यशैली सुधार नगरेको भन्दै नेताहरु उनलाई हटाउन लागिपरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार