सत्ताधारी नेकपामा विवाद उत्कर्षमा पुग्दा पहिलो अध्यक्ष केपी शर्मा ओलीलाई दोस्रो अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा मागेपनि ओलीले लगातार अस्वीकार गरिरहेका छन् ।

पछिल्लोपटक हिजोको भेटमा पनि प्रचण्डले ओलीको राजीनामा मागेका थिए । ओलीसँगको भेटमा प्रचण्डले भेटी राजीनामा मागेपनि उनले अस्वीकार गरे ।

बरु मन्त्रिमण्डल पुर्नगठनदेखि अन्य समायोजन गरी जान सकिने प्रस्ताव राखे । ओलीले पार्टी बिघटनमा जान सक्ने तर प्रधानमन्त्रीबाट राजीनामा नदिने सन्देश दिइसकेका छन् ।

प्रचण्डले यसअघि दुईवटा विवादास्पद अध्यादेश ल्याउँदा पनि राजीनामा मागेका थिए । तर, त्यतिबेला विरोधी समुहबीच बलियो एकता हुन नसक्दा ओलीको सत्ता टिक्यो ।

पछिल्लोपटक ९ असारमा प्रचण्डले ओलीको राजीनामा मागेका थिए । महासचिव विष्णु पौडेलको पहलमा बामदेव गौतमसहित बालुवाटारमा भएको छलफलमा ओलीलाई सरकारबाट ब्याक हुन प्रचण्डले भनेका थिए । त्यसको केही दिनमै बालुवाटारमै मदन भण्डारी प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रचण्डले आफूलाई केही नेताहरु र भारतको राज्य संयन्त्र सत्ताबाट हटाउन लागिपरेको अभिव्यक्ति दिएका थिए ।

नेकपा स्थायी कमिटि बैठकमा १० असारमा नेताहरुबीच कटाक्ष भएको थियो । त्यसपछि स्थायी कमिटीमा ओलीविरोधी समुहले धमाधम राजीनामा माग्न थाले । प्रचण्डले फेरि राजीनामा मागे । तर, ओली राजीनामा दिन तयार देखिएका छैनन् ।

आज अन्तिम प्रयास गरी ओलीलाई मनाउने प्रयास भएको छ । तर, त्यसको सम्भावना क्षीण भइसकेको छ । सम्भवत आज र भोलिसम्म नेकपा विवाद वारपार हुने देखिदैछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार