पुनगर्ठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले सत्ताधारी नेकपाका दोस्रा अध्यक्ष प्रचण्डलाई ओलीले जेल हाल्ने खुलासा गरेका छन् ।
एक युटुव च्यानल टिभीसँग कुरा गर्दै किरातीले प्रचण्डलाई जेल हाल्ने तयारीमा ओली रहेकोले अब प्रचण्डले विद्रोह गरेर पूरानैं पार्टीमा फर्कन अनुरोध गरे ।
देशमा गणतन्त्र मासेर फेरि राजतन्त्र फर्काउने खेलमा केही तत्वहरु लागिरहेको भन्दैं उनले यो बेला सबै देशभक्त क्रान्तिकारीहरु एक ठाउँमा आउनु पर्ने बताए ।
सत्ताधारी नेकपामा ओलीले सबैं अधिकार खोसेर अरु सबैलाई अधिकारविहीन बनाइरहेको भन्दैं किरातीले नेपालको माओवादी आन्दोलनलाई एक ठाउँमा लिन धु्रवीकरण गर्नुपर्ने धारखा राखे ।







