
Interview with Ram Kumari Jhakri, federal lawmaker of Nepal Communist Party (NCP) and a member of the Finance Committee of the Federal Parliament, in Kathmandu, on Friday, April 19, 2019. Photo: Naresh Shrestha/THT
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले पार्टी एकतालाई जोगाउनको लागि र अहिलेको विवाद हल गर्नको लागि सबैभन्दा पहिले वर्तमान प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधि, पद्धती र विधान मान्नुपर्नेमा जोड दिएकी छन् ।
सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कुराकानी नामक कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ झाँक्रीले यस्तो विचार प्रस्तु गरेकी हुन् ।
नेतृ झाँक्रीले ओलीले आफू महाधिवेशनबाट निर्वाचित अध्यक्ष हो भन्नुको अब कुने बैद्यता नभएको पनि जिकिर गरिन् । तत्कालिन नेकपा एमालेको महाधिवेशन भएको पाँच वर्ष पूरा भई ६ वर्षमा पुगेकोले अब महाधिवेशनबाट निर्वाचित अध्यक्षको कुनै बैद्यता नभएको उनको भनाई छ ।
उनले ओली नेकपाको निर्वाचित अध्यक्ष नभएकोले पार्टी केन्द्रीय कमिटीले चाहे हटाउन सक्ने स्पष्ट पारिन् ।
बाँकी भिडिओ –







