सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको महत्वपूर्ण बैठक चलिरहदा भारतका सुरक्षा र गुप्तचर प्रतिष्ठानका वरिष्ठ अधिकारीहरू काठमाडौंमा सक्रिय देखिएका छन् ।

भारतका गुप्तचर संस्था ‘रअ’का वरिष्ठ अधिकारी सामन्त कुमार गोयल र खुफिया ब्यूरोका प्रमुख अरविन्द कुमार नेपालका उच्च तहका नेता भेट्न सक्रिय देखिएका हुन् ।

याेसँगै काठमाडौंमा चिनियाँ राजदूतले पनि सक्रियता बढाएकी छिन् । उनले नेपाली शीर्ष नेताहरूलाई व्यक्तिगत रुपमा भेटिरहेकी छिन् ।

गुप्तचर प्रतिष्ठानका वरिष्ठ अधिकारी गोयल र कुमारले नेपाली राजनीतिज्ञहरूसँग बढाएकाे सक्रियतालाई नेपालले संविधान संशाेधन गरी आफ्नाे भुमी लिपुलेख, कालापानी र लिम्पीयाधुरा नक्शामा समावेश पश्चातकाे क्षति-नियन्त्रण नियन्त्रकाेरुपमा लिईएकाे छ ।

गुप्तचर प्रमुखहरूले गरेको वार्ता राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले सोझै अनुगमन गरिरहेका स्रोतहरूकाे उल्लेख गर्दै द पायनियरले लेखेकाे छ ।

गुप्तचर प्रमुखहरूले नेपाल कम्युनिष्ट पार्टीका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललगायतसँग वार्ता गरिसकेकाे बताइएकाे छ ।

अधिकारीहरूले बर्षमान पुन, शंकर पोखरेल र ओलीको विदेश मामिलाका सल्लाहकार डा. राजन भट्टराईसँग  पनि कुरा गरिसकेकाे बताईएकाे छ ।

स्राेतका अनुसार भारतीय गुप्तचर एजेन्सीका शीर्ष अधिकारीहरूले नेपाली काग्रेसका अध्यक्ष शेर बहादुर देउवा, डा.मीनेन्द्र रिजाल, विमलेन्द्र निधि र कृष्ण सिटौलालाई पनि भेटेर छलफल गरेका छन् ।

उक्त्त छलफलमा मधेसी पार्टीका नेता महंत ठाकुर, उपेन्द्र यादव र डा.बाबुराम भट्टराईलाई पनि समाबेश गरिएकाे बताईएकाे छ ।

भारतिय गुप्तचरका अनुसार, बेइजिङ्गको जासूस एजेन्सीको युरोप क्षेत्रका पूर्व गुप्तचर प्रमुख तथा हाल काठमाडौंमा चिनियाँ राजदूत होउ यान्छीले प्रचण्ड, नेपाल र खनाल लगायतका नेताहरूसँगकाे आफ्नाे भेट ब्यापक बनाएकी छिन् ।

डेली पायोनियर डट कमबाट वर्णमिडियाले गरेको अनुवाद

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार