‘वरवर रावलाई जेलमा हत्या नगर !!’

हामी, नवी मुंबईको तलोजा जेलमा कैद गरिनु भएका विश्वप्रसिद्ध तेलुगु क्रान्तिकारी कवि तथा जन बुद्धिजीवी, वरवर रावका परिवारका सदस्य, वहाँको बिग्रदो स्वास्थ्यलाई लिएर धेरै चिन्तित छौं। वहाँको स्वास्थ्यको स्थिति जव २८ मई २०२० मा वहाँलाई अचेत अवस्थामा तलोजा जेलबाट जेजे अस्पताल लगिएको थियो त्यो छ हप्ता बढी समयदेखि डरलाग्दो बनेको छ । जव कि वहाँलाई तीन दिनपछि नै अस्पतालबाट विदा गरेर जेल फिर्ता गरिएको थियो , तर वहाँको स्वास्थ्यमा कुनै सुधार भएको छैन र वहाँलाई अझै पनि आपतकालीन चिकित्सकीय हेरबिचारमा राख्न जरुरी छ।

हाम्रो चिन्ताको तात्कालिक कारण शनिवार साँझमा आएको वहाँको नियमित फोनले गर्दा हामी असाध्यै चिन्तित छौं । जव कि २४ जून र २ जुलाईमा आएका दुई वटा फोन पनि निराश पार्ने खाले थिए । किन कि वहाँको आवाज कमजोर र धोद्रोजस्तो लागिरहेको थियो, बोल्दै गर्दा वहाँ चिप्लनु हुन्थ्यो र अचानक हिन्दी बोल्न थाल्नु हुन्थ्यो । वहाँ पाँच दशकदेखि तेलुगु भाषाका एउटा राम्रो वक्ता र लेखक हुनुहुन्छ , चार दशकसम्म तेलुगु भाषाको शिक्षक हुनु भएको छ र आफ्नो तीक्ष्ण स्मृतिको लागि सुपरिचित हुनुहुन्छ। यस्तो अवस्थामा बोल्दाखेरि लर्खराउने , चिप्लिने र भुल्ने हुनु आफैंमा एउटा आश्चर्य लाग्ने खाले र डर लाग्ने कुरा थियो ।
तर भर्खरै ११ जुलाईमा आएको फोन कैयन गुणा बढी चिन्ताजनक छ । किन कि वहाँलाई सोधिएको स्वास्थ्य सम्बन्धी सोधिएको सिधा प्रश्नको जवाफ वहाँले दिनु भएन र आफ्ना माता र पिताको अन्तिम संस्कारको बारेमा बहकिदै बहकिदै कुरा गर्न थाल्नु भयो , जुन कुरा क्रमशस् सात दशक र चार दशक पहिलेका घटनाहरू हुन् । अनि वहाँका सह(आरोपी साथीले वहाँबाट फोन लिएर हामीलाई भन्नु भयो कि वहाँ हिडडुल गर्न, सौचालय जान र दाँत माझ्न पनि सक्षम हुनुहुन्न। हामीलाई वहाँका साथीले भने अनुसार वहाँलाई रिहा गरिदै छ भन्ने लाग्छ रे आफ्ना परिवारका सदस्यहरू जेलको ढोकामा वहाँलाई पर्खिरहेका छन् भन्ने वहाँलाई सँधै भ्रम हुने गर्छ रे ।

वहाँका कैदी साथीले भने अनुसार वहाँलाई शारीरिक मात्र होइन न्युरोलोजिकल समस्याको लागि पनि तत्काल चिकित्सकीय हेरबिचारको जरुरी छ । भ्रम, स्मरण शक्ति गुमाउनु र दिमागले सिलसिला नपक्रनु

इलेक्ट्रोलाइट असन्तुलन र सोडियम र पोटेशियमको स्तरमा गिरावटको परिणाम हो । जसले मस्तिष्कलाई क्षती पुर्याइरहेको छ। यो इलेक्ट्रोलाइट असन्तुलनले ज्यान जोखिममा पनि पार्न सक्छ। तलोजा जेलको अस्पतालमा यस्तो खाले गम्भीर बिरामीकोलागि न त कुनै चिकित्सा विशेषज्ञ छन् र न उपकरण नै छ । त्यसैले वहाँको जीवनरक्षाको लागि र इलेक्ट्रोलाइट असन्तुलनको कारण संभावित मस्तिष्कमा हुने क्षति र जीवनमाथिको जोखिमबाट बचाऊको लागि वहाँलाई तत्काल कुनै राम्रो अस्पतालमा स्थान्तरण गर्न एकदमै आवस्यक छ ।

यो समय हामी अन्य सबै कुराहरूलाई उपेक्षा गरिरहेका छौं, जस्तो कि वहाँका विरुध्द पूरै षडयन्त्र रचिएको छ स वहाँले विचाराधीन कैदीको रूपमा २२ महिना जेलमा बिताउनु पर्यो जहाँ प्रक्रियालाई नै सजायमा फेर्ने काम भयो स वहाँको धरौटीमा छुट्ने आवेदनहरू कम से कम पाँच पटक खारेज गरिसकिएको छ र यहाँसम्म कि वहाँको उमेर, खराब स्वास्थ्य र कोभिडको जोखिमको आधारमा धरौटीको लागि देयर गरेको आवेदनलाई पनि नजर अन्दाज गरिदिइएको छ।
वहाँको जीवन अहिले हाम्रो लागि सबैभन्दा धेरै चिन्ताको विषय हो। यो समय हाम्रो माग वहाँको जीवनरक्षाको लागि हो । हामी सरकारसँग माग गर्छौं कि( वहाँलाई कुनै राम्रो अस्पतालमा स्थानान्तरित गरियोस या हामीलाई आवश्यक चिकित्सा सुविधा प्रदान गर्ने अनुमति दिइयोस। हामी सरकारलाई संझाउन चाहन्छौं कि( सरकारलाई कुनै पनि व्यक्तिको जीवनको अधिकारबाट वञ्चित गर्ने कुनै अधिकार छैन, एउटा विचाराधीन बन्दीलाई त झन बिल्कुलै छैन।

पी. हेमलता, पत्नी
पी. सहजा, पी. अनला, पी. पावना, छोरीहरू
(कवि वरवर रावका परिवारका तर्फबाट जारी प्रेस विज्ञप्ति, 12 जुलाई 2020)
भावानुवाद( बलराम तिमल्सिना)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार