
विप्लव नेतृत्वको नेकपाले बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहत अनि सेवामा लाग्न आफ्ना नेता कार्यकर्तालाई अपिल गरेको छ ।
विप्लव नेकपा प्रवक्ता प्रकाण्डले बाढीपहिरोपीडित जनताको उद्धार, राहत र सेवामा जुट्न पार्टीका नेता–कार्यकर्ताहरूलाई विशेष निर्देशन दिएका छन् । प्रवक्ता प्रकाण्डले सोमबार विज्ञप्ति जारी गरी प्राकृतिक प्रकोपमा परी अकालमा ज्यान गुमाएकाहरूप्रति पार्टीका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रकाण्डले विज्ञप्तिमार्फत मृतकका आफन्तजनहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । उनले बाढीपहिरोमा परी बेपत्ता भएका जनताको शीघ्र उद्धार तथा वास्तविक अवस्था सार्वजनिक गर्न, घाइतेहरूको निःशुल्क, उचित उपचारको व्यवस्था गर्न, मृतकका आफन्त एवम् पीडित जनतालाई पर्याप्त राहतको व्यवस्था गर्न र घरवारविहीन जनताको पुनर्बासको व्यवस्था गर्न सरकारसँग जोडदार माग पनि गरेका छन् ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दलाल संसदीय राज्यव्यवस्थाको जनविरोधी चरित्र, गैरजिम्मेवारीपना र अक्षमताका कारण अव्यवस्थित बस्ती र असुरक्षित आवासमा दैनिक गुजारा चलाउन विवश आमनेपाली जनतालाई आफैँ उच्च सतर्कता कायम राख्न आग्रह गर्दै नेता–कार्यकर्ताहरूलाई पीडित जनताको उद्धार, राहत र जनसेवाको कार्यमा जुट्न पार्टी विशेष निर्देशन गर्दछ ।’
विज्ञप्तिकाे पूर्णपाठ…








