
पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगरले जनयुद्धका नायक भनिएका प्रचण्ड र बाबुराम सुकिला मुकिला वर्गमा रुपान्तरित भएको थाहाँ पाएपछि उनीहरुलाई छोड्नु परेको बताएका छन् ।
साथै उनीहरुको सर्वहारावर्गप्रतिको धोका र कार्यशैली बुर्जुवाभन्दा निकै तल्लोस्तरको देखेपछि राजनीतिबाट समेत अवकाश लिनुपरेको बताएका छन् ।
सामाजिक संजाल फेसबुकबाट लामो स्टाटस लेख्दैं उनले शान्तिप्रक्रियामा आएपछि कुनैबेला प्रचण्ड र बाबुरामले आफुलाई गाउँलेजस्तैं मानेर हेपेको उल्लेख गरेका छन् ।
स्मरणरहोस्, कुनैबेला प्रचण्ड क्याम्पमा रहेर सांसद र मन्त्री समेत भएका विष्टमगरले ठूलैं आर्थिक लाभ हासिल गरेको उनकै गृहजिल्लाका बासिन्दाहरु बताउछन् । हाल उनी पछिल्लो समय कृषि पेसामा संलग्न छन् ।
सामाजिक संजाल फेसबुकमा विष्टमगरको स्टाटस –
मेरो आदर्श स्खलित भएको दिन!
एकदिन पोखरा Airport मा क.प्रचण्ड र क.बाबुरामसङ्ग थिए म,VIP कक्षमा। मैले लगाएको पुरानो थोत्रो जकेटले उहाँहरुलाई लज्जा वोध भएछ क्यारे! मुन्टो निहुराएर कुरा गर्नुभो! मैले सुनिरहे! म अलि पर थिए। सारमा “लगाउन,खान र चल्न नजान्ने” भनेर मेरो चर्को आलोचना भयो। मैले नसुने झैं गरेर सुनिरहे कान थापेर। मलाई नमीठो लाग्यो! आफूसङ्ग पैसा पनि थिएन। भर्खर जसो शान्ति प्रक्रियामा आएको थियो पार्टी। त्यस्तै तीन वर्ष जति भएको हुँदो हो। “आर्थिक मितव्ययिता, सादाजीवन उच्च विचार, कडा परिश्रम …” हाम्रा आदर्श थिए। पार्टीको आदर्श र नीति भन्दा बाहिर जानु मर्नु जस्तो लाग्थ्यो। आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर-भोगेर भन न न न….चक्कर आयो! तर,समालिएर बसे र अडीए! यस्ता चक्कर र घनचक्करहरु दर्जनौं भोगियो! अनि लाग्यो मेरो पार्टी र आदर्श त उहिल्यै सक्किएछ! म उल्लु रहेछु,धत् मोरा भनेर आफैलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिइयो !








