आफ्नो पार्टी नेता ओम पुनलगायत गिरफ्तार सबै नेता कार्यकर्ता रिहा गर्न रिहा गर्न विप्लव नेकपाका सचिवालय सदस्य एवं पश्चिम कमाण्ड इन्चार्ज धमेन्द्र बास्तालाले सरकारलाई चेतावनी दिएका छन् ।

नेकपा नेता कञ्चनले बुधबार प्रेस वक्तव्य जारी यस्तो चेतावनी दिएका हुन् ।

विज्ञेप्तीमा भनिएको छ –

‘हाम्रो पार्टीका तमाम नेता र कार्यकर्ताहरूको गिरफ्तारी र दमन गर्ने फासिवादी अभियानको निरन्तरतामा आज असार ३१ गते बिहान कैलालीको फूलबारीबाट पार्टीको काममा हिँडिरहेका हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इञ्चार्ज कमरेड ओमप्रकाश पुन मगर र महिलानेत्री पूर्णिमा पुनलाई सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले गिरफ्तार गरेको छ । उक्त गिरफ्तारीले सिङ्गो पार्टीपङ्क्तिलाई स्तब्ध र आक्रोशित तुल्याएको छ ।’

उनले देशमा विद्यमान सबैखाले समस्याहरूलाई राजनीतिक तरिकाले समाधान गर्न माग गर्दै आफ्नो पार्टीका सम्पूर्ण नेता र कार्यकर्ता रिहाइको माग पनि गरेका छन् । यसो नगरिएमा आफ्नो पार्टी सशक्त प्रतिरोधमा उत्रन बाध्य हुने पार्टीको धारणा उनले स्पष्ट पारेका छन् ।

वक्तव्यको पूर्णपाठ….

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार