
सरकारको असफलता र जनविरोधी कामलाई ढाकछोप गर्न केपी वलीले राष्ट्रियताका पक्षमा देखिएको जनएकतालाई तुरुपका रूपमा कुरूप प्रयोग गर्दैछन् । लिम्पियाधुरा सम्मिलित नेपालको नक्सालाई कुर्सीमा टाँसिने लिसो बनाउँदैछन् । नेपाली नयाँ नक्सा संसद्बाटै अनुमोदन गरेको र संविधानबाटै पास गरेका कारण प्रधानमन्त्रीबाट हटाउनका लागि घेराबन्दी भएको रोदन गर्छन् ।
भारतले हडप्न खाजेको भूभाग वैधनिक बहसमा उतार्नु राम्रो हो । त्यसमा देशको एकता छ र जति एकता पैदा हुन्छ त्यति नै भारतीय साम्राज्यवादको हस्तक्षेप हुुनेछ । तर केपीको यो रोदनले एकातिर भारतको दलाली गरिरहेको छ र अर्कोतिर जनताको एकतालाई फितलो बनाउँदैछ । उनले यतिसम्म भनेका छन्, यो काममा भारत र उसको इसारामा उनकै पार्टीका नेताहरू संलग्न छन् ।
अनुभूति गर्न सकिने तथ्य हो, केपी वली नक्साको विषय लिएर भित्री र बाहिरी घेराबन्दीमा पर्दै गएका छन् । यसप्रकारको घेराबन्दी आउनु बिल्कुल अस्वाभाविक हाइने र साम्राज्यवादी भारतजस्तो छिमेकी भएको नेपालजस्तो नवऔपनिवेशिक देशमा स्वाधीनताको सङ्घर्षमा एक प्रकारले अनिवार्य सर्त पनि हो । तर जुन प्रकारको घेराबन्दी वली सरकारले अनुभूत गरेको छ त्यो केपी वलीकै राजनीतिक कच्चापन, अहंकारी व्यवहार, फासिवादी कार्यशैलीको परिणाम हो ।
वास्तविक घेराबन्दी देशमा पूर्ण स्वाधीनता र स्वतन्त्रताका लागि सत्ताभित्र वा बाहिर रहेर सङ्घर्ष गर्दा पनि आउँछ र त्यो सम्भावना रहन्छ त्यसप्रकारको घेराबन्दी केपी वली सरकारका लागि नेपालमा अहिले सायदै पैदा भएको होला । लिम्पियाधुरा, कालापानी नेपाली भूभाग कायम गर्न नेपालमा ६ दशकदेखि क्रान्तिकारी सङ्घर्ष चल्दै आएको हो ।
जेसुकै परिवेशले भए पनि उक्त भूभागसहितको नक्सा सार्वजनिक गर्न सक्नु वास्तवमा जनताको लामो समयको सङ्घर्षको परिणाम हो भत्रे तथ्य केपी वलीले स्वीकार गरेका छैनन्, विभित्र राजनीतिक दलहरूले गरेको सङ्घर्षप्रति उनले क्रेडिट दिन हिच्किचाएका छन्, त्यति मात्र होइन, संसद्भित्र संविधान संशोधन गर्न सम्पूर्ण रूपले सहयोग गर्ने नेपाली काङ्ग्रेसको सद्भावलाई स्वीकार गर्नसमेत कन्जुस्याइँ देखाएका छन् र त्यसको सम्पूर्ण करामत आफ्नो साहस र क्षमताको परिणाम भन्दै अस्वाभाविक अहंकार प्रकट गरेको देखाउँदैछन् ।
वास्तविकताबारे उनले बोल्न नसक्नुको खास कारण हुनसक्छ जसबारे उनी अहिले बोल्नै सक्दैनन् र त्यो विषय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) देखा पर्छ ।
इरातोखबरमा प्रकाशित लेखको सानो अंश ।







