विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रोल्पाका इन्चार्ज कमल थापा ‘बिजुली’ लाई प्रहरीले आज रोल्पाबाट गिरफ्तार गरेको छ ।
बिरामी भएर आराम गरिरहेको अवस्थामा सुनिल स्मृति गाउँपालिका वडा नम्बर ६ बाट आज दिउँसो प्रहरीले बिजुलीलाई गिरफ्तार गरेको बताइएको छ । उनी भर्खरै हातको अप्रेसन गरेर आराम गरिरहेको अवस्थामा विनाकारण गिरफ्तार गरेको पारिवारिक स्रोतले बताएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्तालाई फरक राजनीतिक आस्थाकै राखेकै आधारमा सरकारले प्रहरीलाई गिरफ्तार गर्न निर्देशन दिएसँगै दमन र गिरफ्तारीलाई तिब्र पारेको छ।
‘रोल्पालीको रगतले सत्तामा उडाएका प्रचण्ड बादल सामाजिक दलालहरु राजनीतिक अधिकारलाई कुन्ठित गर्ने दुश्साहस बन्द गरियोस् ।’ नेकपाका एक जिल्ला नेताले भने, ‘कमरेड कमल थापा (बिजुलि) लाई यथासिग्र रिहाई गरियोस।’







