
रोल्पा जिल्ला इन्चार्ज कमल थापा बिजुली बिरामी भएर घरमा आराम गरिरहेको बेला सरकारले पक्राउ गरेर अपहरण शैली अपनाएको भन्दैं विप्लव नेकपा राप्ती व्युरोले रिहा गर्न कडा चेतावनी दिएको छ ।
शुक्रबार नेकपा राप्ती ब्युरो इन्चार्ज समरले एक प्रेस विज्ञेप्ती जारी गरेर बिरामी अवस्थामा समेत आराम गरिरहेका जिल्ला इन्चार्जलाई गिरफ्तार गर्नु सरकारको फासिवादी कदम भनेको छ ।
जिल्ला इन्चार्ज बिजुलीलाई तत्काल रिहा नगरे कडा प्रतिरोध गर्ने समेत नेकपा राप्ती व्युरोले सशक्त चेतावनी दिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ-
‘हामी सामाजिक फासिवादी केपी नेतृत्वको सरकारको यसप्रकारको जघन्य आपराधिक क्रियाकलापको घोर भत्र्सना गर्दै गिरफ्तार गरिएका कमरेड कलम थापा ‘बिजुली’ लाई रिहाइका लागि पहल गर्न मानवअधिकारवादी तथा नागरिक समाजलाई अपिल गर्दछौँ । राष्ट्रघात, जनघात, भ्रष्टाचार र कमिसनखोरीको खेलमा बिकेको वर्तमान सामाजिक फासिवादी केपी नेतृत्वको सरकारले त्यसप्रकारका आपराधिक कार्य नसच्याएमा शक्तिशाली जनप्रतिरोध गर्न हाम्रो पार्टी बाध्य हुनेछ ।’








