![]()
अहिले पार्टीभित्र देखिने गरि रहेको कमिटी दुईवटा मात्रै छ (सचिवालय र स्थायी समिति)। केन्द्रिय समिति भनेको त एउटा संसद जस्तो छ । खाली त्यसले ताली बजाएर सहयोग गर्नु बाहेक अरु केहि छैन् । ४५० जनाको जम्बो केन्द्रिय समितिमा कसरी छलफल हुन सक्छ ?
व्यक्तिलाई ‘रेगुलेट’ गर्ने भनेको कमिटीले हो । तर, यहाँ कमिटी सबै अधिकार सुम्पेर लाचार बनेको छ । अनि त्यहाँ स्वभाविक रुपमा एक नम्बर नेताको हठधर्मिता बढि देखिन्छ । मैंले भनेपछि सबै कुरा हुन्छ भन्ने छ । सरकार सञ्चालनमा पनि पार्टीसँग कुनै वास्ता मतलब छैन । किनभने सरकार पनि पार्टीको सबैभन्दा ठूलो मान्छेले हाँकेको छ । पछिल्लो अवस्था हेर्दा त जनतासँग पनि नडराउने स्थितिमा पुगेको हो कि भन्ने पनि देखिन्छ । त्यसले स्वभाविक रुपमा दुर्घटना तिर लैजाने हुन्छ ।
व्यक्ति व्यक्तिका कुरा मिल्दैन भनेर नै कमिटी बनाएको हो । सबै व्यक्तिको एउटै सोंच हुन्थ्यो भने त किन कमिटी वा पार्टीको निर्माण हुन्थ्यो र । पार्टी भनेकै विपरितमा एकता हो । मान्छेका विभिन्न सोंच हुन्छन्, प्रवृत्ति हुन्छन्, तिनिहरुको बीचमा टकराव हुन्छ अनि त्यसले नै गति दिन्छ भनेर पार्टीको निर्माण भएको हो । त्यसैले यस्तो झगडा त अहिले मिल्ने तर फेरि १५ दिनपछि फेरि अर्को विषयमा झगडा पर्ने हुन्छ ।
भारतले लगाएको नाकाबन्दीलाई सम्झ्यौं भने, नाकाबन्दी पछि हामीसँग चीन निर्विकल्प छिमेकी देश थियो । तीन तिरबाट घेरिएको देशले नाकाबन्द गर्दा उत्तरी चीनको साथ खोज्नु अस्वभाविक होइन । चीनसँग हाम्रो सम्बन्ध बन्नु त भारतले बाध्य पारेको हो । भारतले नाकाबन्दी गरिसकेपछि हामी बाध्य भएर चीनसँग नजिक हुन पुगेका हौं ।
योभन्दा अगाडिका समयमा भारतीय नेता तथा कुटनीतिक नियोगका मान्छेहरुलाई भेट्न नेताहरु होटल होटलमा धाएको सुन्थ्यौं । तर अहिले शक्तिशाली देशको राजदुत हाम्रो नेताको घर–घरमा आउनु त सम्मानजनक विषय होला नि ! होटल–होटलमा कुँदेको त सबैले देखेकै हो ।
घरभित्र झगडा परेपछि छिमेकीलाई चाँसो स्वभाविक रुपमा हुन्छ । त्यो चाँसो भारतलाई पनि भएको होला । तर भारतले पहिलै हामीलाई निचोरेर बाध्य पारेको हुनाले उसँग हाम्रो बारेमा भित्रि चाँसो दिने नैतिक बल छैन् । तर अर्को छिमेकीले स्वभाविक रुपमा नेपालमा स्थिरता रहोस् भनेर सफा व्यवहार गर्नुलाई किन आपत्ति जनाउनु पर्यो । हाम्रो राम्रो रहोस्, स्थिरता रहोस् भनेर कामना गर्नुलाई अस्वभाविक मान्न सकिन्न । मुख्यकुरा हामी दुवै देशलाई हाम्रो भलो चिताउन पाउनुहुन्छ तर, हाम्रो भलो के कसरी हुन्छ भन्ने कुरा हामीले नै निर्णय गर्ने कुरा हो ।
दुवै हाम्रा छिमेकी देश हुन् । दुवैसँग उस्तै राम्रो सम्बन्ध राख्ने हाम्रो अभिष्ट छ । भारतसँगको सम्बन्ध अहिले केहि खजमजिएको छ । तर पनि जनस्तरको सम्बन्ध राम्रो छ । भारतका लेफ्ट पार्टीहरु, वामपन्थी, प्रजातान्त्रिक मस्तिष्कका स्वतन्त्र विचार राख्ने मान्छेहरुसँग हाम्रो सम्बन्ध राम्रो छ । हामी दुवै देशमा जनस्तरको सम्बन्धलाई अझै राम्रो बनाउन चाहन्छौं । चीन अलि भारत जत्तिको खुल्ला समाज छैन । तर जहाँसम्म भारत सरकारले गरेका कामकारबाही छन् ति हामीलाई पाच्य भएन ।







