
बाँकेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको थारुवान स्वायत्त प्रदेश जनपरिषद् नेपालले जग्गा कब्जा गरेको छ ।
सुकुम्बासी आयोगले केही वर्षअघि बाँडेको कोहलपुर नगरपालिका–४ किरणनाला छेउको ६ बिगाह जमिन जनपरिषदले कब्जा गरेको हो ।
आयोगको अध्यक्ष सन्तोष बस्नेत हुँदा उक्त जमिन ४१ जनाको नाममा वितरण गरिएको थियो । त्यो जग्गा पाउनेमा हुकुम्बासी बढी रहेको चर्चा केही दिनदेखि जिल्लामा जारी छ ।
जनपरिषदले केन्द्रीय नीति अनुसार भन्दै उक्त जग्गामा ब्यानर टाँसेर कब्जामा लिएको घोषणा गरेको छ। विप्लव नेकपा थारुवान स्वाय प्रदेश जनपरिषद नेपाल बाँकेलेका प्रमुख परिर्वतनले ६ विघा जग्गा सार्वजनिक हुनुपर्ने बताए ।
‘यहाँ कसैले पनि व्यक्तिको नाममा गराउँन मिल्दैन’ उनले भने ‘यो राज्यको नाममा हुनुपर्दछ ।’ यहाँको स्थानीय सरकारले आफ्नो कब्जामा लिन नसकेपछि हामीले यो कदम चाल्न बाध्य भएको उनको भनाई थियो ।







